+
+
WC Series
विराटनगर किंग्स 2025
0/0
VS
चितवन राइनोज 2025
96/3 (11.5)
Shares

धुलिखेल–खावा सडक विस्तार सुरु   

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १० गते १६:५७

१० मंसिर, काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको रोकिएको स्तरोन्नति पुनः सुरु भएको छ । नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि पुनःस्तरोन्नतिको काम सुरु भएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

कार्यालयका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी पुनः ठेक्का आह्वान गरी सी–एन ए–वान काली जेभीसँग सम्झौता गरिएको हो । भ्याटबाहेक ३१ करोड ५६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले जानकारी दिए ।

उनका अनुसार पहिलो चरणमा आगामी चैतसम्ममा फराकिलो स्थानमा कालोपत्र सक्ने र बाँकी काम क्रमशः गर्दै निर्धारित समयमा सकिने छ । विभिन्न स्थानमा कटिङसँगै पुनः विस्तारको काम सुरु भएको हो ।

निर्माणमा आएको ढिलासुस्तीका कारण तीन वर्षदेखि राजमार्गको यात्रा कष्टकर बनेको छ । भक्तपुरले चालु आर्थिक वर्षको सुरुआतसँगै सडक पुनः विस्तार गर्न बोलपत्र आह्वान गरेको थियो । कार्यलयले पुरानो ठेक्का रद्द गरेको साढे चार महिनापछि गत साउनमा पुनः बोलपत्र आह्वान गरेको थियो ।

चार किलोमिटर दूरीको उक्त सडकखण्ड नयाँ निर्माण कम्पनीले समयमा सक्नेमा आशावादी भएको योगेशको भनाइ छ । उनका अनुसार उक्त सडक तोकिएको समयमा सम्पन्न नभएपछि कार्यालयले गौरी–पार्वती निर्माण सेवा कम्पनीसँगको ठेक्का रद्द गरेलगत्तै निर्माण व्यवसायीले उच्च अदालत पाटनमा मुद्दा हालेका छन् ।

उक्त मुद्दा गत असार २५ गते खारेज भई अदालतको आदेशानुसार पुनःठेक्का खोल्ने प्रक्रिया अघि बढाइएको सनियर डिभिजनल इन्जिनियर योगेशले बताए ।

‘त्यतिबेला कम्पनीले लिखित स्पष्टीकरण दिए पनि सन्तोषजक, भरपर्दो र विश्वसनीय नदेखिएपछि ठेक्का रद्द गर्ने निष्कर्षमा पुगेका थियौँ । सम्झौताको समयसीमा सकिएको ११ महिनापछि कार्यालयले गत फागुन १५ गते स्तरोन्नतिको जिम्मा लिएको गौरी–पार्वती निर्माण सेवासँगको ठेक्का रद्द गरेको हो,’ उनले भने ।

अरनिको राजमार्ग हुँदै नेपालको चीनसँगको उत्तरी नाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा दोलखा, रामेछापलगायत जिल्लातर्फ जाने मुख्य सडकका रूपमा यो मार्ग प्रयोग हुन्छ । उक्त राजमार्ग समयमा नबन्दा यात्रु धुलो, हिलो, ट्राफिक जाम र दुर्घटनाको जोखिमबीच यात्रा गर्न बाध्य छन् ।

जिल्ला सदरमुकाम धुलिखेलबाट खावासम्मको सडक विस्तारका लागि २०८० चैत १९ गतेभित्र सम्पन्न गर्नेगरी २०७९ जेठ २० गते २० करोड १९ लाख ४६ हजार ५०१ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

हालसम्म धुलिखेल बसपार्कबाट जिपलाइनसम्म डाँडा कटिङको काम मात्रै भएको छ भने केही स्थानमा नाली तथा ड्रेनवाल लगाउने काम भएको छ । जिपलाइन स्थानबाट तल खावासम्मको सडकमात्रै भत्काइएको जनाउँदै योगेशले एक किमी भागमा कटिङ बाँकी रहेको बताए ।

२०८१ साल जेठमा धुलिखेलतर्फबाट वेस, सव–वेस हाल्ने काम सुरु गरिए पनि पटकपटकको वर्षामा सबै बगाएर खण्डहर बनाएको थियो । निर्माणमा आलटाल गर्दै आएकाले समयसीमा सकिएको ११ महिना बितिसक्दा पनि ठेकेदार कम्पनीले २५ प्रतिशत मात्र काम सकेको थियो ।

समयमा काम नसकिँदा पुनर्निर्माणका लागि भत्काइएको सडकमा दुर्घटना हुँदा सयौँ यात्री घाइते भइसकेका छन् । केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटर फराकिलो बनाई कालोपत्र गर्न लागिएको हो ।

उक्त सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन कार्यालयले नेपालमा पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको वेस हाल्ने तथा दुई चरणमा डीबीएम र आस्फाल कालोपत्र गर्ने योजना बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?