+
+
Shares

पहिरोले अवरुद्ध धुलिखेल–खावा सडकखण्ड एकतर्फी खुल्यो

अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा खण्डमा सुख्खा पहिरो खसेर अवरुद्ध भएको सडक एकतर्फी खुलेको छ।

कपिल कोइराला कपिल कोइराला
२०८२ भदौ ५ गते १२:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा खण्डमा सुख्खा पहिरो खसेर सडक बिहीबार बिहान १० बजे अवरुद्ध भएको थियो।
  • पहिरोका कारण साढे २ घण्टा दुबै तर्फका सवारी साधन रोकिएका थिए र अहिले एकतर्फी यातायात संचालनमा आएको छ।
  • जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले ढुंगा झर्न रोकिएपछि दुईतर्फी यातायात सुचारु गरिने र वैकल्पिक यात्रा गर्न अनुरोध गरेको बताए।

५ भदौ, काभ्रेपलाञ्चोक । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा खण्डमा सुख्खा पहिरो खसेर अवरुद्ध भएको सडक एकतर्फी खुलेको छ।

धुलिखेल नगरपालिका–८, ठकुरीगाउँ चन्दडाँडामा बिहीबार बिहान १० बजे खसेको सुख्खा पहिरोले सडक अवरुद्ध भएको थियो ।

पहिरोका कारण साढे २ घण्टा दुबै तर्फका सवारी साधन रोकिएका थिए । अहिले एकतर्फी यातायात संचालनमा आएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कोमल शाहले जानकारी दिए ।

उनका अनुसार ढुंगा झर्न रोकिएपछि राजमार्गमा दुईतर्फी नै यातायात सुचारु गरिनेछ । सडकको अवस्था बुझेर वैकल्पिक यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

सडक अवरुद्ध हूँदा काठमाडौबाट दोलखा, सिन्धुपाल्चोक र तातोपानी नाका जाने तथा उपत्यका आउने सवारी रोकिएका थिए ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?