News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय सभाबाट पारित चलचित्र विधेयक प्रतिनिधिसभामा टेबुल भएको छ।
- चलचित्र विधेयक २०८२ साल वैशाख १४ गते दर्ता गरी माघ २८ गते पारित गरिएको थियो।
- यो विधेयकले चलचित्र क्षेत्रलाई सामाजिक, सांस्कृतिक र मनोरञ्जनात्मक उद्योगको रुपमा विकास गर्ने लक्ष्य राखेको छ।
काठमाडौं । राष्ट्रिय सभाबाट पारित भएर अगाडि बढेको चलचित्र विधेयक प्रतिनिधिसभामा टेबुल भएको छ ।
प्रतिनिधिसभाका सचिव हर्कराज राईले राष्ट्रिय सभाबाट यो विधेयक पारित भएर आएको सन्देश मंगलबारको प्रतिनिधिसभाको बैठकमा टेबुल गरेका हुन् ।
यो विधेयक तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले २०८२ साल वैशाख १४ गते राष्ट्रिय सभामा दर्ता गरेका थिए ।
राष्ट्रिय सभाले दफावार छलफल गरेर संशोधनसहित गत माघ २८ गते पारित गरेको थियो । राष्ट्रिय सभाबाट पारित भएर आएको विधेयक प्रतिनिधिसभाले अगाडि बढाउन लागेको हो ।
प्रतिनिधिसभामा यो विधेयक प्राप्त भएको सन्देश टेबुल भए सँगै सभामा थप प्रक्रिया अगाडि बढ्नेछ ।
विक्रम संवत् २०२६ सालमा बनेको चलचित्र ऐनलाई समयसापेक्ष परिमार्जन गरी समावेशी एवम् संघीय संरचना र नयाँ प्रविधिअनुरूप बनाउन सरकारले नयाँ चलचित्र सम्बन्धी विधेयक ल्याएको हो ।
चलचित्र क्षेत्रलाई सामाजिक, सांस्कृतिक र मनोरञ्जनात्मक उद्योगको रुपमा विकास गर्न, चलचित्र मार्फत देशलाई पर्यटन गन्तव्यको रुपमा अगाडि बढाउने यसको उदेश्य छ ।
स्वदेशी तथा विदेशी चलचित्र प्रदर्शन गर्नु अघि चलचित्र जाँच गर्ने व्यवस्था गर्न तथा स्वदेशी चलचित्रको विकास, विस्तार, प्रवर्धन र नियमन गर्न आवश्यक भएको भनिएको छ ।
प्रतिक्रिया 4