News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल बैंकर्स एसोसिएसनबीच आगामी आर्थिक गणनाबारे छलफल भएको छ।
- राष्ट्रिय तथ्याङ्क कार्यालयका उप–प्रमुख तथ्याङ्क अधिकारी डा. शरद कुमार शर्माले सही तथ्याङ्क नै सही योजनाको आधार भएको बताए।
- नेपालको जीडीपीमा अनौपचारिक क्षेत्रको हिस्सा ४१ प्रतिशत हाराहारी रहेको जानकारी दिइएको छ।
२४ चैत, काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल बैंकर्स एसोसिएसनबीच आगामी आर्थिक गणनाबारे छलफल भएको छ । नेपाल बैंकर्स एसोसिएसनका पदाधिकारीसहित लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, हिमालयन बैंक, स्ट्यान्डर्ड चाटर्ड बैंक, नेपाल बैंक, सिद्धार्थ बैंक लगायत विभिन्न बैंकका २५ जना प्रतिनिधिको उपस्थितिमा छलफल सम्पन्न भएको कार्यालयले जनाएको छ ।
कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयका उप–प्रमुख तथ्याङ्क अधिकारी डा. शरद कुमार शर्माले सही तथ्याङ्क नै सही योजनाको आधार भएको बताए । उनले देशको आर्थिक अवस्थाको वास्तविक चित्र उतार्न गणना कोशेढुंगा सावित हुने समेत बताए । उनले प्रदेश र स्थानीय तहका सरकारहरूलाई पनि यो अभियानमा सक्रिय हुन आग्रह गरे ।
कार्यक्रममा नेपालको जीडीपीमा अनौपचारिक क्षेत्रको हिस्सा अझै पनि ४१ प्रतिशत हाराहारी रहेको जानकारी दिइयो । सो अवसरमा लक्ष्मी सनराइज बैंकका प्रमुख वित्त अधिकृत दिपेश चालिसेले यो गणना बैंकिङ क्षेत्रका लागि पनि महत्त्वपूर्ण रहेको बताए ।
छलफलका क्रममा नेपाल बैंकर्स एसोसिएसन र विभिन्न बैंकका प्रतिनिधिहरूले मर्जरमा गएका बैंकहरूको तथ्याङ्क व्यवस्थापन र कर्मचारी विवरण, ई–सेन्सस लगायतका विषयमा चासो राखेका थिए । उप–प्रमुख तथ्याङ्क अधिकारी ढुण्डीराज लामिछानेले बैंकहरूलाई ई–सेन्सस मार्फत विवरण उपलब्ध गराउन आग्रह गर्दै तथ्याङ्कको गोपनीयता कायम रहनेमा आश्वस्त पारे । उनले निजी क्षेत्रको सहभागिता विना यो अभियान सफल हुन नसक्ने बताए ।
प्रतिक्रिया 4