+
+
Shares

नागढुंगा सुरुङमा तिर्नुपर्ने दस्तुर दर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २६ गते १८:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले नागढुंगा सुरुङ प्रयोग गरेवापत सर्वसाधारणले तिर्नुपर्ने दस्तुर दर २६ साउन २०८२ मा तय भएको सार्वजनिक गरेको छ।
  • कार, भ्यान, पिकअप, माइक्रोबसले काठमाडौं छिर्दा ६५ र प्रस्थान गर्दा ६० रुपैयाँ दस्तुर तिर्नुपर्ने छ।
  • बस, ट्रकले काठमाडौं छिर्दा २६० र बाहिरिँदा २०० रुपैयाँ दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको छ।

२६ चैत, काठमाडौं । सरकारले नागढुंगा सुरुङ प्रयोग गरेबापत सर्वसाधारणले तिर्नुपर्ने दस्तुर दर सार्वजनिक गरेको छ । यस्तो दर २६ साउन २०८२ मा तय भएको थियो । सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै बिहीबार दस्तुर दर सार्वजनिक गरेको हो ।

सार्वजनिक दर अनुसार कार, भ्यान, पिकअप, ट्रयाक्टर, माइक्रोबस र अन्य हलुका सवारीले काठमाडौं छिर्दा ६५ रुपैयाँ र काठमाडौंबाट प्रस्थान गर्दा ६० रुपैयाँ तिर्नुपर्ने छ । मिनीबस, मिनी ट्रिपर/ट्रकले काठमाडौं आउँदा ११५ रुपैयाँ र काठमाडौंबाट प्रस्थान गर्दा ८० रुपैयाँ तिर्नुपर्छ ।

बस, ट्रक (सिंगल रियर एक्सल)को हकमा काठमाडौं छिर्दा २६० रुपैयाँ र बाहिरिँदा २ सय रुपैयाँ दस्तुर तोकिएको छ । मल्टी एक्सल ट्रक/सवारी साधन र भारी उपकरणलाई भित्र छिर्दा ६ सय रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ दस्तुर तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?