News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखमा श्रम संस्कृति पार्टीकी रूबी कुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ।
- सिंहदरबारस्थित रास्वपा संसदीय दलको बैठकमा प्रधानमन्त्री बालेन शाह र सभापति रवि लामिछाने सहभागी भएका थिए।
- ठाकुरलाई रास्वपाको समर्थनमा उम्मेदवारी दर्ता गराएपछि उनी उपसभामुख निर्वाचित हुने पक्का छ।
२७ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुखमा श्रम संस्कृति पार्टीकी रूबी कुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ ।
सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालय बसेको संसदीय दलको बैठकले उपसभामुखमा ठाकुरलाई मतदन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
बैठकमा सहभागी हुन प्रधानमन्त्री समेत रहेका संसदीय दलका नेता बालेन शाह, पार्टी सभापति रवि लामिछाने लगायत पुगेका थिए ।
उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर र राप्रपाकी सरस्वती लामा उम्मेदवार छन् । श्रम संस्कृतिकी २५ वर्षीया ठाकुरले विहीबार रास्वपाको समर्थनमा उम्मेदवारी दर्ता गराएकी थिइन् ।
प्रतिनिधि सभामा रास्वपा झण्डै दुई तिहाइ बहुमतमा रहेको रास्वपाको साथ पाउँदा ठाकुर उपसभामुख निर्वाचित हुने पक्का छ ।
प्रतिक्रिया 4