News Summary
Generated by OK AI. Editorially reviewed.- वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायीलाई व्यक्तिगत श्रम स्वीकृतिमा कसैलाई वैदेशिक रोजगारीमा नपठाउन अनुरोध गरेको छ।
- विभागले कानुन विपरित व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा पठाउने कार्य नगर्न चेतावनी दिएको छ।
- व्यक्तिगत श्रम स्वीकृतिका लागि व्यक्ति स्वयंले फेमिसबाट अनलाइन आवेदन दिनुपर्ने व्यवस्था छ।
२७ चैत, काठमाडौं । वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायीलाई व्यक्तिगत श्रम स्वीकृतिमा कसैलाई वैदेशिक रोजगारीमा नपठाउन अनुरोध गरेको छ । कतिपय म्यानपावर व्यवसायीले व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा पठाउने गरेको भन्दै विभागले सचेत गराएको हो ।
‘व्यक्तिगत श्रम स्वीकृति कार्यमा इजाजतपत्र प्राप्त संस्था तथा प्रतिनिधि संलग्न भएको गुनासो प्राप्त भएकोले त्यस्ता कानुन विपरितका कार्य नगर्न अनुरोध गर्दछौं’ विभागले भनेको छ । त्यस्ता कार्य गरेको पाइएमा वैदेशिक रोजगार ऐन तथा नियमावली अनुसार कारबाही गरिने चेतावनी समेत दिएको छ ।
विभाग तथा अन्तर्गतका कार्यालयहरूबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति सम्बन्धी कार्य व्यक्तिगत र संस्थागत गरी दुई प्रकृयाबाट हुँदै आएको छ । व्यक्तिगत श्रम स्वीकृतिका लागि व्यक्ति स्वयंले वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली (फेमिस) बाट अनलाइन आवेदन दिनुपर्ने हुन्छ भने संस्थागत श्रम स्वीकृतिको कार्य इजाजतपत्र प्राप्त संस्थाहरू मार्फत हुने व्यवस्था छ ।
तर, कतिपय म्यानपावरले व्यक्तिगत श्रम स्वीकृतिमा समेत पठाउने गरेको भन्दै विभागले त्यस्तो नगर्न अनुरोध गर्दै कारबाही गर्ने चेतावनी दिएको हो ।
प्रतिक्रिया 4