News Summary
Generated by OK AI. Editorially reviewed.- इरानका सर्वोच्च नेता मोज्तबा खामेनी पूर्ण रूपमा स्वस्थ रहेको दाबी उनका विशेष प्रतिनिधि अब्दुल मजीद हकिम इलाहीले गरेका छन्।
- इलाहीले खामेनी अहिले राम्रो अवस्थामा रहेको र दैनिक रूपमा विभिन्न प्रतिनिधिमण्डल तथा अधिकारीहरूसँग भेटघाट गरिरहेको बताएका छन्।
- इलाहीले आफूले खामेनीद्वारा हस्ताक्षरित पछिल्ला कागजातहरू समेत देखेको र छिट्टै खामेनी सार्वजनिक रूपमा राष्ट्रका नाममा सम्बोधन गर्ने अपेक्षा व्यक्त गरेका छन्।
इरानका सर्वोच्च नेता मोज्तबा खामेनी पूर्ण रूपमा स्वस्थ रहेको दाबी उनका विशेष प्रतिनिधिले गरेका छन्।
भारतका लागि खामेनीका विशेष प्रतिनिधि अब्दुल मजीद हकिम इलाहीले ‘तास’ सँग कुरा गर्दै सर्वोच्च नेताको स्वास्थ्यबारे फैलिएका हल्लाहरूको खण्डन गरेका हुन्।
उनले खामेनी अहिले राम्रो अवस्थामा रहेको र दैनिक रूपमा आफ्नो कार्यालयबाट विभिन्न प्रतिनिधिमण्डल तथा अधिकारीहरूसँग भेटघाट गरिरहेको बताएका छन्।
इलाहीले सर्वोच्च नेता खामेनी छिट्टै सार्वजनिक रूपमा आएर राष्ट्रका नाममा प्रत्यक्ष सम्बोधन गर्ने अपेक्षा समेत व्यक्त गरेका छन्।
सर्वोच्च नेताको स्वास्थ्यलाई लिएर भइरहेका विभिन्न आशंकाहरूबीच प्रतिनिधि इलाहीले आफूले खामेनीद्वारा हस्ताक्षरित पछिल्ला कागजातहरू समेत देखेको बताएका छन्।
उनका अनुसार खामेनीले अघिल्लो दिन मात्र आफ्ना पिता तथा इरानका पूर्व सर्वोच्च नेता अली खामेनीको मृत्यु भएको ४०औँ दिनको अवसरमा एक विशेष विज्ञप्ति जारी गरेका थिए।
यसअघि ‘द टाइम्स’ लेइरानी सर्वोच्च नेता जीवितै रहे पनि अत्यन्तै नाजुक अवस्थामा रहेको र उनले शासन सञ्चालनका कुनै पनि निर्णय लिन नसक्ने दाबी गरेको थियो।
प्रतिक्रिया 4