+
+
Shares

यस वर्षको डा. सुरेन्द्रभक्त प्रधानाङ्ग पर्यटन पुरस्कार पत्रकार ढुंगानालाई

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २८ गते १८:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पत्रकार राधा ढुंगानालाई गाउँ पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै डा. सुरेन्द्रभक्त प्रधानाङ्ग पर्यटन पुरस्कार–२०८२ बाट सम्मानित गरिएको छ।
  • गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ) को २७औं साधारण सभा तथा १३औं अधिवेशनमा उक्त पुरस्कार प्रदान गरिएको हो।
  • ढुंगानाले नगद २५ हजार रुपैयाँसहित कदरपत्र प्राप्त गरेकी छन् र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

२८ चैत, काठमाडौं । पत्रकार राधा ढुंगाना डा. सुरेन्द्रभक्त प्रधानाङ्ग पर्यटन पुरस्कार–२०८२ बाट सम्मानित भएकी छिन् ।

गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ) को २७औं वार्षिक साधारण सभा तथा १३औं अधिवेशनका अवसरमा उहाँलाई उक्त पुरस्कार प्रदान गरिएको हो । गाउँ पर्यटन प्रवर्द्धनमा पत्रकारितामार्फत उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै उनलाई पुरस्कृत गरिएको हो ।

भिटोफकी निवर्तमान अध्यक्ष शकुन्तला देवकोटाका अनुसार ग्रामीण तथा घरबास (होमस्टे) पर्यटनलाई राष्ट्रिय बहसको विषय बनाउन सञ्चारमाध्यममार्फत निरन्तर योगदान पुर्‍याएबापत ढुंगानालाई सम्मान गरिएको हो ।

गाउँ पर्यटनका अग्रणी अभियन्ता डा. सुरेन्द्रभक्त प्रधानाङ्गको नाममा स्थापना गरिएको उक्त पुरस्कार हरेक दुई वर्षमा यस क्षेत्रमा योगदान गर्ने व्यक्तित्वलाई प्रदान गरिँदै आएको छ । यस वर्ष ढुंगानाले नगद २५ हजार रुपैयाँसहित कदरपत्र प्राप्त गरेकी छिन् ।

कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल प्रमुख अतिथिका रूपमा उपस्थित थिए । पुरस्कार डा. प्रधानाङ्गले हस्तान्तरण गरेका थिए ।

डेढ दशकदेखि पत्रकारितामा सक्रिय ढुंगानाले सोलुखुम्बुको हिमाल एफ.एम.बाट सञ्चार यात्रा सुरु गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?