+
+
Shares

समस्याग्रस्त अम्बे कोशी सहकारीले थाल्यो साना बचतकर्ताको रकम फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३० गते १३:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोशी प्रदेश सरकारले गठन गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले २० हजारभन्दा कम बचत भएका २८७ सदस्यको २८ लाख ५७ हजार रुपैयाँ बचत फिर्ता गरेको छ।
  • समितिले ऋणीहरूबाट रकम असुली गर्दै १ लाख रुपैयाँसम्मको बचत फिर्ता गर्ने तयारी गरिरहेको छ र ऋणले नपुगे सहकारी तथा सञ्चालकको सम्पत्ति लिलाम गर्नेछ।
  • प्रदेश सरकारले २०८१ पुस २३ गते अम्बे कोशी सहकारीलाई समस्याग्रस्त घोषणा गरी व्यवस्थापन, ऋण असुली र धितो लिलामको प्रक्रिया अघि बढाएको छ।

३० चैत, विराटनगर । इटहरीमा रहेको समस्याग्रस्त अम्बे कोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका साना बचतकर्ताले बचत फिर्ता पाएका छन् ।

कोशी प्रदेश सरकारले गठन गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले २० हजार भन्दा कम बचत भएका सदस्यहरूको बचत फिर्ता गरेको हो ।

समितिका अध्यक्ष भरतबहादुर थापाका अनुसार, २० हजार रुपैयाँभन्दा कम बचत भएका बचतकर्ताहरूलाई प्राथमिकतामा राखेर बचत फिर्ताको प्रक्रिया सुरु भएको हो । उनका अनुसार, २८७ साना बचतकर्ताको २८ लाख ५७ हजार रुपैयाँ बचतकर्ताको बैंक खातामा पठाइएको छ ।

समस्याग्रस्त अम्बे कोशी सहकारीको व्यवस्थापनको जिम्मा प्रदेश सरकारले गठन गरेको समितिले लिएपछि सहकारीले लगानी गरेको ऋणमध्ये १ करोड ८७ लाख रुपैयाँ असुल गरेको थियो ।

सहकारीले असुल गर्नुपर्ने ऋण ४२ करोड ६० लाख भन्दा बढी छ । २४ करोड ८८ लाख रुपैयाँ बचत फिर्ताका लागि समितिमा निवेदन परेको छ ।

समिति सदस्य जीवन काफ्लेका अनुसार ऋणीहरूबाट रकम असुली गर्ने प्रक्रिया अघि बढेका कारण २० हजारसम्मको रकम फिर्तापछि १ लाख सम्मको बचत फिर्ता गर्ने तयारी छ । उनका अनुसार समितिले ऋण असुल गर्दैछ, ऋणले नपुगे सहकारी र सञ्चालकको सम्पत्ति लिलाम गरी बचत फिर्ता हुनेछ ।

प्रदेश सरकारले २०८१ पुस २३ गते अम्बो कोशीलाई समस्याग्रस्त सहकारी घोषणा गरेको थियो । समस्याग्रस्त घोषणापछि सरकारी समितिले जिम्मेवारी लिएर सहकारीको सम्पत्ति व्यवस्थापन, ऋण असुली र धितो लिलामको प्रक्रिया अघि बढाएको थियो ।

कोशी सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरीले प्रदेश सरकारको पहलमा पहिलो पटक बचत फिर्ता गर्ने काम सुरु भएको बताए । उनका अनुसार बचत फिर्ता गर्ने काम नेपालमै पहिलो हो । पहिलो चरणमा २० हजार र त्यसपछि लगतै एक लाख मुनिको बचत फिर्ता गर्ने तयारी रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?