+
+
Shares

राष्ट्रिय प्रतिवद्धता पत्रमा पर्यटनका घोषणा के के समेटिए ?

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १ गते १६:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले पाँच वर्षभित्र नेपाल भित्रिने पर्यटकको प्रतिव्यक्ति खर्च दोब्बर पार्ने घोषणा गरेको छ।
  • पर्यटन विविधीकरणका लागि प्रकृति, संस्कृति र समुदाय जोड्दै नयाँ 'इकोसिस्टम' तयार गर्ने प्रतिवद्धता सार्वजनिक गरिएको छ।
  • पोखरा र भैरहवा विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गरी विश्वका प्रमुख सहरबाट सिधा उडान सञ्चालन गरिने बताइएको छ।

१ वैशाख, काठमाडौं । सरकारले नेपाल भित्रिने पर्यटक सङ्ख्या र औसत बसाइ बढाई गुणस्तरीय पर्यटनको आधार तयार गर्न पाँच वर्षभित्र प्रतिव्यक्ति खर्च दोब्बर पार्ने घोषणा गरेको छ ।

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ राजनीतिक दलका चुनावी घोषणा पत्रबाट साझा प्रतिवद्धता पत्रको मस्यौदा सार्वजनिक गर्दै सरकारले पर्यटन विविधीकरण गर्न प्रकृति, संस्कृति, समुदाय जोड्दै नयाँ ‘इकोसिस्टम’ तयार गर्ने भनेको छ ।

पशुपतिनाथ, लुम्बिनीका साथै काठमाडौं उपत्यकाको संस्कृति तथा वास्तुकला, देवघाटदेखि मुक्तिनाथसम्मको हिन्दु–बौद्ध महिमा र जनकपुरलाई धार्मिक–सांस्कृतिक पर्यटन केन्द्रका रूपमा प्रवर्द्धन गर्न विशेष पूर्वाधार निर्माण गरिने उल्लेख छ । प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र र समुदायको सहकार्यमा विविध कार्यक्रम सहित व्यापक रुपमा सन् २०२७ लाई ‘राष्ट्रिय आरोग्य वर्ष’को रुपमा मनाई आरोग्य पर्यटनको विकास गरिने घोषणा गरिएको छ ।

नेपाली सभ्यता, जीवनशैली, स्थानीय भेषभूषा, रैथाने खानपान र शिल्पकला सहितको पर्यटन प्याकेज तथा होमस्टे सञ्चालन गरिने भएको छ । साहसिक र मनोरञ्जनात्मक पर्यटनका लागि तीन वटै तहका सरकारसँग समन्वय गरी ‘सफा हिमालः सुरक्षित आरोहण’ अभियानका साथै थप पर्यटकीय गन्तव्यको विकास गरिन भएको छ ।

साल्पा सिलचुङ, बौद्ध स्वयम्भु, नमोबुद्ध, लुम्बिनी, मुक्तिनाथ, हलेसी महादेव, पिण्डेश्वर, दन्तकाली, गोसाइकुण्ड, पशुपतिनाथ, पाथिभरा, मुक्मलुङ सन्म्नापारु हाङ लगायतका स्थानलाई धार्मिकस्थल घोषणा गरी पर्यटन केन्द्रको रुपमा विकास गरिने घोषणा पत्रमा उल्लेख छ ।

पर्यटन तथा आतिथ्यता सम्बन्धी तालिम कार्यक्रम प्रदेश र स्थानीय तहमा सञ्चालन गरिने भएको छ । मौसमी पर्यटन बढाउन अफ सिजन प्याकेजका साथै विशेष कार्यक्रम सञ्चालन गरिने भएको छ ।पर्वतारोहणका लागि नयाँ हिमाल खुला गरेर आरोहण प्रवर्द्धन गरिने समेत प्रतिबद्धता पत्रमा उल्लेख छ । सार्वजनिक निजी साझेदारीमा होटल, रिसोर्ट, एडभेन्चर सेवा र इको टुरिज्म सञ्चालन गरिने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक गरी दुई स्वायत्त निकायको रुपमा विकास गरी हवाई सुरक्षा सुदृढ गरिने बताइएको छ । पोखरा र भैरहवा विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गरी विश्वका प्रमुख सहरबाट सिधा उडान सञ्चालन गरिने भएको छ ।

पर्यटन पूर्वाधारको विकास, बजार प्रवर्द्धन, हवाई सेवा विस्तार, आन्तरिक सुरक्षा र नयाँ गन्तव्यको विकास गरी नेपालको अनुपम र विशिष्ट विशेषताको ब्रान्डिङ विश्व बजारमा गरिने सरकारको प्रतिवद्धता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?