+
+
Shares

किम्फ २०२६ : नेपाल पानोरमा र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा छनोट फिल्मको सूची सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २ गते ११:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव २०२६ ले हिमाल, वातावरण र साहसिक जीवन विषयका अन्तर्राष्ट्रिय र नेपाली फिल्मको सूची सार्वजनिक गरेको छ।
  • अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अमेरिका, फ्रान्स, इरान लगायत देशका फिल्म छनोट भएका छन् भने नेपालसँग सम्बन्धित सह-निर्माण फिल्म पनि समावेश छन्।
  • नेपाल पानोरमा खण्डमा नेपाली फिल्मकर्मीका नयाँ आवाज समेटिएका छन् र महोत्सव मे २७ देखि ३१ सम्म आयोजना हुने तयारीमा छ।

काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) २०२६ ले अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र ‘नेपाल पानोरमा’ अन्तर्गतका विधामा छनोट भएका फिल्मको सूची सार्वजनिक गरेको छ । यस वर्षको सूची हेर्दा हिमाल, वातावरण, साहसिक जीवन र मानव–प्रकृतिको सम्बन्धलाई केन्द्रमा राखेका विविध विषयका फिल्मले स्थान पाएका छन् ।

‘सर्ट डकुमेन्ट्री’ विधामा अमेरिका, मेक्सिको, फ्रान्स, क्यानडा, अष्ट्रिया-जर्मनी, नेदरल्यान्ड्स-स्विजरल्याण्ड, इरानलगायत देशका फिल्म छनोट भएका छन् । बेन नाइट र बर्न ब्राउडीको ‘बेस्ट डे एभर’, पाब्लो लियोन अल्भारेजको ‘चार्कोब्लोक’, थियो लिभेटको ‘खुम्बु- व्हिस्पर्स अफ एन एन्सियन्ट ग्लेसियर’ जस्ता फिल्मले हिमाली जीवन र वातावरणीय विषयलाई चित्रण गर्छन् ।

यसैगरी, अलिरेजा काजेमिपुरको लाइट ‘थ्रु द ब्लाइन्डफोल्ड’, अलिक्स भोन मेल्ले र टम बर्गस्टाइनरको ‘लुइस लास्ट जर्नी’, सारा वारेनको ‘रोड १३८’, जोनास कोनिनेनबर्गको ‘सामुएल भोलरीः द स्ल्याकलाइन लिजेन्ड’ लगायत फिल्म पनि सूचीमा छन् ।

नेपालसँग सम्बन्धित विषय बोकेको ‘द एन्टी एक्सपेडिसन’ (क्यानडा/नेपाल) र साइमन हिप्किन्सको ‘द थिन एयर बिट्विन’ पनि यसै खण्डमा परेका छन् ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धा : फिचर डकुमेन्ट्री

‘फिचर डकुमेन्ट्री’तर्फ विभिन्न देशको सहकार्यमा बनेका फिल्मले ठाउँ पाएका छन् । डोम बुश र म्याट सर्मनको ‘अ थाउजन्ड वड्र्स’ (युके/इटाली/नेपाल) विशेष चासोको सूचीमा छ । स्टाइपे बोझिचको ‘अल्पिन वारियर्स’, माजा नोभाकोभिचको ‘एट द डोर अफ द हाउस हु विल कम नक्किङ’, अलेक्जेन्डर मर्फीको ‘गुडबाय सिस्टर्स’ (फ्रान्स/नेपाल) पनि चयनमा छन् ।

यस्तै, किम ओक-युङको ‘इन द ल्यान्ड अफ मेशिन्स’ (दक्षिण कोरिया/नेपाल), जोनी बर्क र एन्ड्रु हिन्टनको ‘लभिङ कर्मा’, राफाएल डुआर्टेको ‘द एक्स्ट्रा माइल’ (ब्राजिल/नेपाल) तथा गिलाउम ब्राउस्टको ‘द फ्युचर अफ क्लाइम्बिङ’ जस्ता फिल्मले पर्वत र साहसिक जीवनका विविध आयाम देखाउने अपेक्षा गरिएको छ ।

यसै सूचीमा द ओल्डेस्ट मुनरो ब्यागर, द टोड एन्ड द डायमन्ड, दे ड्रीम र ह्वाट अन अर्थ वेयर दे डुइङ अप देयर’ पनि समावेश छन् ।

नेपाल पानोरमा

‘नेपाल पानोरमा’ खण्डमा नेपाली फिल्मकर्मीका नयाँ र विविध आवाज समेटिएका छन् । सुशील सापकोटाको ‘ब्यान्ड एड्स’, सुरज कटुवालको ‘साँझका रंगहरू’, उषा रजक र एर्नेस्ट अल्मासबेकोविच ‘गर्ल फ्रम नेपाल’ चयन भएका छन् ।

मिहिर प्याकुर्यालको ‘आइ लिसन फर द साउन्ड अफ एसेज’, भीमसेन लामाको ‘लाखे’, सुभार्ण पौडेलको ‘मोक्ष’, निभया नकर्मीको ‘मोक्ष्यम’ पनि सूचीमा छन् । अशिम खनालको ‘रेडेम्प्सन सङ’, श्याम लिम्बुको ‘रुमानी सपना’, राजन काठेतको ‘द रोड टु टिल’ र सम्राट खनालको ‘अनरिचेबल्स’ समेत छनोट भएका छन् ।

यस वर्षको छनोट हेर्दा किम्फले पहाड, जलवायु परिवर्तन, मानवीय संघर्ष र सांस्कृतिक पहिचानका कथा केन्द्रमा राखेको देखिन्छ । अन्तर्राष्ट्रिय फिल्ममा नेपालसँग जोडिएका सह-निर्माणको संख्या बढ्नु पनि उल्लेखनीय पक्ष हो ।

आयोजक संस्था किम्फ फाउन्डेसन अध्यक्ष रम्यता लिम्बुका अनुसार यसवर्षको किम्फ मे २७ देखि ३१ सम्म हुने तयारीमा छ ।

‘गर्ल फ्रम नेपाल’को लगलाइन के छ ?

नेपाल र कीर्गिस्तानको सहकार्यमा बनेको छोटो फिल्म ‘गर्ल फ्रम नेपाल’मा हामीले उषा रजकलाई देख्न पाउँछौं । १० मिनेट ४० सेकेन्डको यो फिल्मको ताजा तस्वीर यहाँ देख्न सकिन्छ जहाँ उषासहित फिल्मको युनिट प्रस्तुत छ ।

नेपालकी एक युवती हेमा, आफ्नी आमा उमाले दिएको चिठी लिएर किर्गिस्तान पुग्छिन् । त्यहाँ उनले कैरतलाई भेट्छिन् । चिठीबाट बिस्तारै एउटा पुरानो कथा खुल्दै जान्छ । करिब ४० वर्षअघि कैरतले उमालाई भेटेका थिए । त्यो भेटमा उनले उमालाई भारतीय अभिनेत्री हेमा मालिनी सम्झिएका थिए । यही गलत पहिचानबाट सुरु भएको सम्बन्ध समयसँगै एउटा स्मृतिमा सीमित भयो, तर त्यसको छायाँ अहिलेकी छोरी हेमासम्म आइपुगेको छ । फिल्मले दुई पुस्तालाई जोड्ने स्मृति, प्रेम र समयको दूरीलाई सरल तर भावुक ढंगले प्रस्तुत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?