News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको संस्करण ‘घुम्ती किम्फ’ सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा र अछाममा ८ देखि १९ मंसिरसम्म आयोजना हुने भएको छ।
- फेस्टिभलमा सामाजिक विषयवस्तुमा निर्माण भएका छोटो फिल्म, डकुमेन्ट्री, कार्यशाला, बहस र छलफलका सत्र सञ्चालन हुने आयोजक किम्फ फाउण्डेसनले जनाएको छ।
- कार्यक्रम ८ र ९ मंसिरमा धनगढी बहुमुखी क्याम्पस, ११ र १२ मंसिरमा सुदूरपश्चिम विश्वविद्यालय, १४ देखि १९ मंसिरसम्म डडेलधुरा र अछामका विभिन्न स्थानमा हुनेछन्।
काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको संस्करण ‘घुम्ती किम्फ’ मुलुकको सुदूरपश्चिम क्षेत्रमा आयोजना हुने भएको छ ।
किम्फ फाउण्डेसनका अनुसार ८ देखि १९ मंसिरसम्म सुदुरपश्चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा र अछामका विभिन्न जिल्लामा फेस्टिभल आयोजना हुनेछ ।
सो अवसरमा सामाजिक विषयवस्तुमा निर्माण भएका छोटो फिल्म र डकुमेन्ट्रीका साथै कार्यशाला, बहस र छलफलका सत्र समेत संचालन हुने जनाइएको छ ।
पहिलो प्रदर्शनीमा ‘छउ’ जस्ता सशक्त वृत्तचित्र, सुदूरपश्चिमकै महिलाले बनाएका छोटा फिल्म, नेपाल प्यानोरमा र किम्फ महोत्सवबाट छानिएका प्रभावशाली कथा देखाउने उल्लेख छ ।
दोस्रोमा कथावार्ता सत्र संचालन हुने जनाइएको छ । तेस्रोमा फिल्मकर्मी, विद्यार्थी, युवा समूह, नागरिक समाज, महिला समूह र नीति निर्मातालाई समेटेर रोचक प्यानल छलफल हुने जनाइएको छ ।
यी सत्र लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानसँग मेल खाने हिसाबले निर्धारण गरिएको आयोजक किम्फ फाउन्डेसनले जनाएको छ ।
साथै, विभिन्न थलोमा हुने कार्यक्रमको मिति पनि तय छ । जसअनुसार, ८ र ९ मंसिरमा कैलालीको धनगढी बहुमुखी क्याम्पस, ११ र १२ मंसिरमा कञ्चनपुरस्थित सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयमा किम्फ हुनेछ ।
१४ मंसिरमा डडेलधुराको अलिताल नगरपालिका- गाउँपालिकाको हलमा र १६ मंसिरमा डडेलधुराको अमरगढी नगरपालिका, १८ मंसिरमा अछामको मालिका विद्यालय र १९ मंसिरमा अछामको तुर्माखाद गाउँपालिकास्थित कालिकेश्वरी माविमा घुम्ती किम्फ हुने वक्तव्यमा जनाइएको छ ।
प्रतिक्रिया 4