News Summary
Generated by OK AI. Editorially reviewed.- सिटिजन्स बैंकले लण्डनमा आयोजित समारोहमा फेरि बैंक अफ द इयरको अवार्ड पाएको छ।
- बैंकका सीईओ गणेशराज न्यौपानेले उक्त अवार्ड ग्रहण गरेका छन्।
- यो अवार्ड प्राविधिक स्तरोन्नति, नयाँ प्रडक्ट र वित्तीय समावेशीकरणमा बैंकको अग्रसरतालाई आधार मानिन्छ।
१८ मंसिर, काठमाडौं । सिटिजन्स बैंकले फेरि बैंक अफ द इयरको अवार्ड पाएको छ । लण्डनमा आयोजित विशेष समारोहमा बैंकका सीईओ गणेशराज न्यौपानेले उक्त अवार्ड ग्रहण गरेका छन् ।
विभिन्न १३२ मुलुकका प्रतिष्ठित बैंकले यो अवार्ड पाएका छन् । जसमा नेपालबाट सिटिजन्सले यो अवार्ड हात पारेको हो ।
प्राविधिक स्तरोन्नति, नयाँ प्रडक्ट, वित्तीय समावेशीकरण, दिगोपनमा प्रभाव लगायत पक्षमा बैंकले लिने गरेका अग्रसरतालाई मुख्य आधार बनाउँदै डिसेम्बर ४ का दिन बैंक अफ दी इयरको अवार्ड प्रदान गरिँदै आएको छ ।

यसअघि सन् २०२४ मा पनि सिटिजन्सले नै बैंक अफ दी इयरको अवार्ड पाएको थियो । यो उपलब्धीले ग्राहक, सेयरधनी तथा कर्मचारीको विश्वासलाई प्रतिबिम्वित गर्ने बैंकका सीईओ न्यौपानेले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4