News Summary
Generated by OK AI. Editorially reviewed.- सिटिजन्स बैंकले लण्डनमा आयोजित समारोहमा फेरि बैंक अफ द इयरको अवार्ड पाएको छ।
- बैंकका सीईओ गणेशराज पाेखरेलले उक्त अवार्ड ग्रहण गरेका छन्।
- यो अवार्ड प्राविधिक स्तरोन्नति, नयाँ प्रडक्ट र वित्तीय समावेशीकरणमा बैंकको अग्रसरतालाई आधार मानिन्छ।
१८ मंसिर, काठमाडौं । सिटिजन्स बैंकले फेरि बैंक अफ द इयरको अवार्ड पाएको छ । लण्डनमा आयोजित विशेष समारोहमा बुधबार बैंकका अध्यक्ष प्रबलजंग पाण्डे र सीईओ गणेशराज पाेखरेलले उक्त अवार्ड ग्रहण गरेका छन् ।
विभिन्न १३२ मुलुकका प्रतिष्ठित बैंकले यो अवार्ड पाएका छन् । जसमा नेपालबाट सिटिजन्सले यो अवार्ड हात पारेको हो ।
प्राविधिक स्तरोन्नति, नयाँ प्रडक्ट, वित्तीय समावेशीकरण, दिगोपनमा प्रभाव लगायत पक्षमा बैंकले लिने गरेका अग्रसरतालाई मुख्य आधार बनाउँदै डिसेम्बर ४ का दिन बैंक अफ दी इयरको अवार्ड प्रदान गरिँदै आएको छ ।

बेलायतको दी फाइनान्सियल टाइम्सले वार्षिक विभिन्न देशका बैंकहरूले गर्ने कार्यसम्पादन एवम् गतिविधिलाई मध्यनजर गर्दै बैंक अफ दी इयरबाट सम्मानित गर्ने गरेको छ।
यसअघि सन् २०२४ मा पनि सिटिजन्सले नै बैंक अफ दी इयरको अवार्ड पाएको थियो । यो उपलब्धीले ग्राहक, सेयरधनी तथा कर्मचारीको विश्वासलाई प्रतिबिम्वित गर्ने बैंकका सीईओ पाेखरेलले बताए ।
प्रतिक्रिया 4