News Summary
Generated by OK AI. Editorially reviewed.- मध्यपुरथिमि क्षेत्रमा बुधबार ३२ वटा खटसहितको सिन्दुर जात्रा हर्षोल्लासका साथ मनाइएको छ।
- जात्रामा काँया बाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै सिन्दुर दल्ने प्रचलन छ।
- बालकुमारीलाई विभिन्न क्षेत्रको परिक्रमा गराई स्थानीयले सौहार्दपूर्ण रुपमा सिन्दुर खेल्दै जात्रा मनाउँछन्।
२ वैशाख, काठमाडौं । मध्यपुरथिमि क्षेत्रमा बुधबार हर्षोल्लासका साथ सिन्दुर जात्रा मनाइएको छ । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको सिन्दुर जात्रा प्रसिद्ध जात्रा हो ।
मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दुरे जात्रा मनाइने गरिन्छ । जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ ।
जात्रामा काँया बाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानीय जात्रालु रमाइलो गर्ने भएकाले पनि यसलाई सिन्दुर जात्रा भनिएको हो ।
बालकुमारीलाई विभिन्न क्षेत्रको परिक्रमा गराई उमङ्गका साथ थिमिका बासिन्दाले सिन्दुर खेल्दै यो जात्रा मनाउँछन् । यात्रामा एक अर्कामा सौहार्दपूर्ण रुपमा सिन्दुर दल्ने, छ्याप्ने र नेवारी बाजाको तालसँगै नाच्ने गरिन्छ ।

प्रतिक्रिया 4