+
+
Shares

बेग्लै हास्य शो ‘कमेडी बाज’ ल्याउँदै सुन्दर खनाल, यस्तो छ टिजर

शोमा म्याकुरी, बिटी कान्छा र सरोज भण्डारी पनि देखिनेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ४ गते १३:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कमेडियन सुन्दर खनालले टिभी शो ‘कमेडी दरबार’को तेस्रो सिजनबाट बाहिरिएर नयाँ शो ‘कमेडी बाज’ लिएर आउनुभएको छ।
  • ‘कमेडी बाज’ रोस्टिङ शो हुनेछ र यसको मूल अवधारणा ‘ब्याटल’ फम्र्याटमा आधारित छ, जुन इमेज टिभी र युट्युबबाट प्रसारण हुनेछ।
  • शो वैशाख दोस्रो सातादेखि प्रसारण हुनेछ र सुन्दर खनाल, आरती थापा, पवन खतिवडा लगायतका कलाकारहरू सहभागी हुनेछन्।

काठमाडौँ । टिभी शो ‘कमेडी दरबार’को तेस्रो सिजनबाट बाहिरिएका कमेडियन सुन्दर खनालले अलग्गै कमेडी शो लिएर दर्शकमाझ आउने भएका छन् । उनले शुक्रबार यसको टिजर सार्वजनिक गरेका छन् ।

शोको नाम ‘कमेडी बाज’ राखिएको छ । सार्वजनिक टिजरमा एक्सनलाई विशेष प्राथमिकता दिइएको देखिन्छ । तर शोको संरचनाबारे भने जानकारी गराइएको छैन ।

बुझिए अनुसार ‘कमेडी बाज’ रोस्टिङ शो हुनेछ । बिभिन्न क्षेत्रका पाहुनालाई निमन्त्रणा गरिन्छ र कमेडी प्रस्तुत गरिन्छ । शोबारे खनाल भन्छन्, शोको मूल अवधारणा ‘ब्याटल’ फम्र्याटमा आधारित छ । अहिलेका लागि यत्ति भनौं बाँकी पुरा एपिसोडमा हामीले अवश्य देखाउनेनै छौं ।’

खनालका अनुसार, यो शो इमेज टिभी र सुन्दर खनालको युट्युब च्यानलबाट प्रसारण हुनेछ । टिजरमा शोका होस्टहरू सुन्दर र आरती थापालाई औपचारिक रूपमा सार्वजनिक गरिएको छ ।

अन्य कमेडियनहरु पवन खतिवडा (म्याकुरी), विश्वास तिमल्सिना (बिटी कान्छा), सरोज भण्डारी, सीता न्यौपाने, सुशान्त बस्याल, आशिष न्यौपाने, निश्चल अर्याल लगायतका कलाकार पनि हुनेछन् ।

शोको प्रसारण वैशाख दोस्रो सातादेखि हुने जनाइएको छ । ‘कमेडी बाज’ मा देखिएका अधिकांश कमेडियन ‘कमेडी दरबार’ मा आबद्ध छन् । यसबारे भने उनीहरुले दुबै शोमा देखिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?