+
+
Shares

सबै कुरा प्रधानमन्त्रीलाई सोध्नुपर्छ भन्ने स्थिति नहोस् : हर्क साम्पाङ

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ६ गते १७:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संघीयतासम्बन्धी सबै विषय प्रधानमन्त्रीलाई सोध्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए।
  • राईले विकास निर्माणका लागि कानुनमा ठूलो परिवर्तन आवश्यक रहेको र वन मन्त्रालयले रोक्ने विरोधाभाष अवस्थाको समाधान गर्न सरकारलाई आग्रह गरे।
  • उनले सबै संस्कृतिको सम्मान गर्नुपर्ने र संघीयता मर्मअनुसार काम हुनुपर्ने स्पष्ट पारे।

६ वैशाख, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संघीयतासम्बन्धी सबै विषय प्रधानमन्त्रीलाई सोध्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् ।

आइतबार पार्टीद्वारा ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संघीयताको मर्मअनुसार काम नभएको भन्दै त्यस्तो स्थितिको अन्त्य हुनुपर्ने बताएका हुन् । मुलुकमा विकास, निर्माणको काम गर्नका लागि कानुनमा तत्काल ठूलो परिवर्तन ल्याउन पनि सरकारलाई उनले आग्रह गरे ।

‘कानुनमा ठूलो फेरबदल हामीले ल्याउनुपर्छ । कस्तो खालको कानुन छ भन्दाखेरी मैले हिजो कानुनमन्त्रीजीलाई पनि भेटेँ । टिप्पणी उठाउनुपर्छ भन्दै हुनुहुन्थ्यो । हामीले के बुझ्न जरुरी छ भने कानुनमा हामीले परिवर्तन ल्याउन सकेनौं भने काम गर्न सकिँदैन,’ उनले भने, ‘जस्तै एउटा उदाहरण दिन्छु, बाटो बनाउने मन्त्रालयले बाटो बनाउन खोज्छ, वन मन्त्रालयले रोक्छ । पानी खुवाउने मन्त्रालयले ट्यांकी बनाउन खोज्छ, वनले आएर रोकिहाल्छ । यस्तो खालको विरोधाभाष देशमा छ ।’

विकास निर्माणको काम अघि बढाउनका लागि कानूनमा ठूलो परिवर्तन ल्याउन आवश्यक रहेको अध्यक्ष राईको बुझाइ थियो ।

उनले भौतिक पूर्वाधार मन्त्रालयले गरिरहेको काममा वन मन्त्रालयले रोक्न विरोधाभाष अवस्था विद्यमान रहेकाले त्यसमा सुधार गर्ने काममा सरकारले ढिलाई गर्न नहुने स्पष्ट पारे ।

‘हामी संस्कृतिवादी मान्छे । सबै संस्कृतिको हामीले सम्मान गर्छौं । यो हिसाबले हामी सबै संस्कृतिको सम्मान गर्छौं । कोही मान्छे अल्पसंख्यक छ । त्यसको संस्कृतिलाई पेल्नुपर्छ, ठेल्नुपर्छ, मास्नपर्छ भन्ने होइन,’ उनले भने, ‘संघीयता मर्म अनुसारको होस् । सबै कुरा प्रधानमन्त्रीलाई सोध्नुपर्छ भन्ने खालको स्थिति नहोस् भन्न म चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?