+
+
Shares

सरकारी कर्मचारीलाई अब १५ दिनमै तलब

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ६ गते २१:४१

६ वैशाख, काठमाडौं । सरकारले अबदेखि कर्मचारीहरूलाई १५/१५ दिनमा तलबभत्ता उपलब्ध गराउने भएको छ ।

अर्थ मन्त्रालयले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गरी महालेखा नियन्त्रक कार्यालयलाई समेत निर्णय कार्यान्वयनका लागि परिपत्र गरिसकेको छ ।

महालेखा नियन्त्रक शोभाकान्त पौडेल मन्त्रालयबाट परिपत्र आएको र अब उक्त निर्णय चाँडै कार्यान्वयन पनि हुने अनलाइनखबरलाई बताए । ‘अर्थमन्त्रालयबाट परिपत्र आइसकेको छ । यो छिट्टै कार्यान्वयन हुन्छ,’ उनले भने ।

मन्त्रालयका अनुसार, समयमै कर्मचारीको हातमा पैसा जाओस् र अर्थतन्त्र चलायमान होस् भन्ने उद्देश्यले यो निर्णय भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?