News Summary
Generated by OK AI. Editorially reviewed.- जिल्ला प्रहरी कार्यालय धनुषाका वरिष्ठ नायव निरीक्षक सागरशम्सेर जबरालाई अडियो प्रकरणमा निलम्बनको प्रक्रिया अघि बढाइएको छ।
- वरिष्ठ सई जबराले आफैंले बनावटी कथा रचेर संगठनलाई बद्नाम गर्ने उद्देश्यले व्यापारीसँग फोन गरी अडियो प्रचार गरेको आरोप लागेको छ।
- मधेश प्रदेश प्रहरी कार्यालयले अनुसन्धान र छानबिन कार्य भइरहेको र डीआईजीको नाम लिएर बद्नाम गराउन खोजिएको विषयमा छानबिन अघि बढाएको जनाएको छ।
८ वैशाख, काठमाडौं । अडियो प्रकरणमा जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) सागरशम्सेर जबरालाई लिनम्बनको प्रक्रिया अघि बढाइएको छ ।
वरिष्ठ सई जबराले आफ्नै कार्यालयका प्रमुख तथा संगठनलाई बद्नाम गराउने उद्देश्यले व्यापारीसँग आफैंले फोन गरी बनावटी कथा रचेर अडियो बनाई प्रचार गरेको आरोप छ ।
मधेश प्रदेश प्रहरी कार्यालयका एसपी तथा सहायक प्रवक्ता भेषराज रिजालले एक विज्ञप्ति जारी गर्दै वरिष्ठ सई जबरालाई निलम्बनको प्रक्रिया अघि बढाइएको जानकारी गराएका हुन् ।
‘संगठनलाई नै बद्नाम गराउने उद्देश्यले प्रहरी आचरण विपरीत कार्य गरेको हुँदा प्रहरी नियमावली बमोजिम निलम्बन गर्न प्रक्रिया अघि बढाई सकिएको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘यस कार्यालयबाट आवश्यक अनुसन्धान र छानबिन कार्य भइरहेको छ ।’
वरिष्ठ सई जबरा र रामजी महासेठ नाम गरेका व्यापारीबीचको टेलिफोन संवाद बाहिरिएको छ । उक्त संवादमा डीआईजीलाई रकम बुझाउनेबारेका कुराहरू गरिएको छ ।
डीआईजीको नाम लिएर बद्नाम गराउन खोजिएको भन्दै डीआईजी कार्यालयले यस विषयमा छानबिन अघि बढाइएको बताएको छ ।
प्रतिक्रिया 4