+
+
Shares

अडियो प्रकरण : सप्तरीका एसपीमाथि छानबिन गर्न समिति गठन

मधेश प्रदेश प्रहरी कार्यालयले एसपी केसीमाथि छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति बनाएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ८ गते १२:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी गौतम केसीमाथि छानबिन गर्न एसएसपी कमल थापाको नेतृत्वमा समिति गठन गरेको छ।
  • समितिले एसपी केसीमाथि सोधपुछ सुरु गरेको छ र फोन संवादको रेकर्ड बाहिरिएको विषयमा छानबिन भइरहेको छ।
  • फोन संवादमा उजुरी लिन नमानेको र प्रहरी कार्यालय भित्र सहजीकरण नगरिएको गुनासो गरिएको छ।

८ वैशाख, काठमाडौं । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) गौतम केसीमाथि छानबिन गर्न समिति गठन गरिएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालयले एसपी केसीमाथि छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति बनाएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी (प्रहरी नायव महानिरीक्षक) अबि नारायण काफ्लेका अनुसार एसएसपी कमल थापाको नेतृत्वमा समिति गठन गरिएको हो ।

उक्त समितिले काम समेत सुरु गरेको छ । समितिले एसपीमाथि सोधपुछ सुरु गरेको छ ।

एसपी केसी र एक व्यक्ति बीचको फोन संवादको रेकर्ड बाहिरिएको थियो । जहाँ ती व्यक्तिले प्रहरीले उजुरी लिन नमानेको देखि उजुरी दिनका लागि प्रहरी कार्यालय भित्रै सहजीकरण गर्नुपर्नेमा नगरिएको गुनासो गरेको सुनिन्छ ।

यही विषयमा छानबिन गर्न समिति गठन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?