+
+
Shares

लालीबजारकी स्वस्तिमा

शंकर गिरी शंकर गिरी
२०८३ वैशाख ८ गते १६:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्वस्तिमा खड्काले होस्टल रिर्टन्सबाट डेब्यू गरिन् र साहयक भूमिका निभाएकी थिइन्।
  • उनीले पुरातन हिरोइन शैली तोड्दै चरित्र प्रधान भूमिकामा आफूलाई दर्बिलो बनाइन्।
  • पछिल्लो फिल्म लालीबजारमा उनी बादी महिलाको भूमिकामा छिन् र नतिजा कुर्न बाँकी छ।

स्वस्तिमा खड्का, जसका लागि कुनै विशेषण र अलंकारको जरुरी छैन । अहिलेका सर्वाधिक सफलमध्येकी एक अभिनेत्री । उत्तिकै क्षमतावान र भर्सटाइल पनि ।

होस्टल रिर्टन्सबाट डेब्यू गरिरहँदा उनीसँग कुनै चिनारी थिएन । त्यसमा उनले साहयक भूमिका निर्वाह गरेकी थिइन् । त्यहींबाट सुरु भएको उनको यात्रा अहिलेसम्म अविछिन्न जारी छ । सिनेमामा उनको निरन्तरता मात्र छैन, त्यो उत्तिकै शसक्त र सम्झनयोग्य पनि छ ।

स्वस्तिमाले कहिल्यै एकनास भूमिका रोजिनन् । हिरोइनको पुरातन शैली तोड्दै उनले चरित्र प्रधान भूमिकामा आफूलाई दर्बिलो ढंगले उभ्याइन् ।
कहिले कर्णालीकी उदास महिलाको रुपमा त कहिले टेम्पु चलाउने विवश महिलाको रुपमा, उनको भूमिका सम्झनयोग्य रह्यो । बुलबुल, चिसो मान्छे, दिमाग खराब जस्ता चलचित्रले उनको करियरलाई थप उचाइमा पुर्‍यायो ।

भनिहालौं, पछिल्ला फिल्महरूमा उनी केन्द्रीय चरित्रमा छिन् । र, उनी अभिनित चलचित्रहरू बढी रुचाइएका छन् ।

पछिल्लो समय उनी बादी महिलाको भूमिकामा छिन्, चलचित्र लालीबजारमा । यो फिल्म कस्तो छ ? वा यसमा उनको भूमिका कति जोडदार छ ? नतिजा कुर्न धेरै समय छैन ।

 

लेखक
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?