अभिनेत्री स्वस्तिमा खड्काले वादी समुदायबारे धेरै जनालाई थाहा नभएको बताएकी छिन् । फिल्म लालीबजारको प्रचारप्रसारका क्रममा अनलाइनखबललाई दिएको अन्तर्वार्तामा अभिनेत्री खड्काले वादी समुदयाबारे धेरै थाहा नभएको बताएकी हुन् ।
वादी समुदायबारे धेरै थाहा नहुँदा आफू अचम्ममा परेको समेत उनले बताएकी छिन् । उनका अनुसार यो फिल्मको पोस्टर रिलिज भएपश्चात धेरैले हाम्रो कथा होइन, छिमेकी देशहरूको कथा भनी प्रतिक्रिया दिएको बताएकी छिन् ।
यद्यपि केही दर्शकहरूले पनि यो फिल्ममा देखाउन खोजिएको कथा नेपालकै हो भनेर प्रतिरक्षात्मक बनेको पनि उनले बताएकी छिन् ।
‘मलाई वादी समुदायको मान्छेहरू हुनुहुन्छ भन्ने थाहा थियो । तर, गहिराइमा थाहा थिएन,’ उनले भनेकी छिन्, ‘कसरी वादी थर रहन गयो ? उहाँहरूको इतिहास के थियो ? भन्ने चाहिँ फिल्ममा संलग्न भए पछि नै थाहा भएको हो ।’
त्यस्तै उनले वादी समुदाय संगीतमा निकै पोख्त रहेको र कुनै समय समाजलाई मनोरञ्जन दिने माध्यम भएको बताएकी छिन् ।
उनका अनुसार धेरैले वादी भनेको एउटा पेशालाई जोडेर हेर्ने गर्छन् । तर, वादीलाई मात्र त्यसरी हेर्न नहुने उनको भनाइ छ । वादी समुदायहरूलाई किन त्यो दृष्टिबाट हर्ने गरिन्छ ? भन्ने भ्रम अब प्रदर्शनमा आउने यो फिल्मले चिर्ने उनले बताएकी छिन् ।
त्यस्तै यो फिल्म वादी समुदायको ‘डकुमेन्टेसन’ जस्तो हुने र त्यसपछि एउटा वहस सिर्जना गर्ने उनको दावी छ ।
प्रतिक्रिया 4