+
+
WC Series
Nepal
74/2 (9.1)
VS
६५ बलमा ५५ रन आवश्यक
UAE
128/8 (20)
Shares

विद्युतीय सवारीले पनि भाडा बढाएपछि विभागले दियो कारबाहीको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ८ गते १९:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यातायात व्यवस्था विभागले विद्युतीय सवारी साधनले डिजेल इन्जिनका सवारीसरह भाडा बढाए कारबाहीको चेतावनी दिएको छ।
  • विद्युतीय सवारी साधनले बढेको भाडा बराबर रकम असुल गरेको गुनासो आएपछि विभागले यस्तो चेतावनी दिएको हो।
  • विभागले अन्तर्राष्ट्रिय जैविक इन्धन मूल्यवृद्धि अनुसार २५ चैतमा भाडा समायोजन गरेको थियो तर विद्युतीय सवारी समावेश नरहेको स्पष्ट पारेको छ।

८ वैशाख, काठमाडौं । विद्युतीय सवारी साधनले समेत डिजेल इन्जिनका सवारीसरह भाडा बढाएपछि यातायात व्यवस्था विभागले कारबाहीको चेतावनी दिएको छ ।

मंगलबार एक सूचना जारी गर्दै विभागले यस्तो चेतावनी दिएको हो । अन्तर्राष्ट्रिय स्तरमा जैविक इन्धनको मूल्यवृद्धि भएकोमा स्वचालित भाडा प्रणाली अनुरुप २५ चैतमा भाडा समायोजन गरिएको थियो ।

यस्तो समायोजनमा विद्युतीय सवारी साधन प्रयोग गर्ने यातायात सेवा प्रदायक समावेश नरहेको विभागले स्पष्ट पारेको छ । तर, विद्युतीय सवारी साधनले बढेको भाडा बराबर नै रकम असुल गरेको गुनासो आएपछि विभागले कारबाहीको चेतावनी दिएको हो ।

यस व्यवस्थाको विपरित काम गरेको पाइएमा कानुन अनुसार कारबाही गर्ने विभागले स्पष्ट पारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?