+
+
Shares

बढेको भाडा विद्युतीय सवारीका हकमा लागु नहुने

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २५ गते १७:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले बुधबार यात्रुवाहक सवारीसाधनको भाडा १७ प्रतिशत हाराहारी बढाएको छ।
  • यातायात व्यवस्था विभागले विद्युतीय सवारीसाधनमा भाडा बढोत्तरी लागु नहुने स्पष्ट पारेको छ।
  • भाडा बढोत्तरी इन्धन मूल्यमा आएको परिवर्तनलाई आधार मान्दै कुल १३ सूचक विश्लेषण गरी गरिएको हो।

२५ चैत, काठमाडौं । सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनका हकमा लागु नहुने भएको छ ।  सरकारले बुधबार यात्रुवाहक सवारीसाधनको भाडा १७  प्रतिशत हाराहारी बढाएको छ । यो भाडादर विद्युतीय सवारीसाधनका हकमा लागु नहुने यातायात व्यवस्था विभागले स्पष्ट पारेको छ ।

इन्धन मूल्यमा भएको बढोत्तरीका हकमा भाडा समायोजन गरिएको र यो भाडादर विद्युतीय सवारीसाधन बाहेकमा मात्र लागु हुने विभागले जनाएको छ । विभागका अनुसार कुल १३ सूचक विश्लेषण गरी इन्धनको मूल्यमा आएको परिवर्तनलाई आधार मान्दै भाडा बढाइएको हो ।

अहिले एक प्रदेशबाट एक वा त्यसभन्दा बढी प्रदेशमा जाने यात्रुवाहक र मालवाहक सवारीसाधनका हकमा मात्र भाडा बढेको हो । छोटो दुरी अर्थात् एक सहरभित्र र प्रदेशभित्रका हकमा भने प्रदेश सरकारले भाडा दर तोक्ने गर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?