News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले सार्वजनिक यातायातको भाडा १६.७१ प्रतिशतले वृद्धि गरेको छ।
- यातायात व्यवस्था विभागका अनुसार मालबाहक सवारीको भाडा पहाडी बाटोमा २१.६८ र तराईमा १५.७५ प्रतिशतले बढेको छ।
- भाडा वृद्धि डिजेलको मूल्यमा ५ रुपैयाँ थपघट भएको आधारमा गरिएको हो र नयाँ भाडा आजैबाट लागू भएको छ।
२५ चैत, काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । यातायात व्यवस्था विभागका अनुसार इन्धनको मूल्यमा ५ रुपैयाँ थपघट हुदाँ भाडा समायोजन गर्ने व्यवस्था अनुसार यो निर्णय गरिएको हो । बढेको भाडादर आजैबाट लागू भएको छ ।
अब यात्रुबाहक सवारी साधनमा १६.७१ प्रतिशतले भाडा बढेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा २१.६८ प्रतिशतले बढेको छ । तराईको बाटोमा हुने सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा १५.७५ प्रतिशतले बढेको विभागले जनाएको छ ।
विभागका अनुसार पछिल्लो पटक २२ पुस २०८१ मा समायोजन भएको गाडी भाडा अहिले बढाइएको हो । सो बेला डिजेलको मूल्य १५०.८३ रुपैयाँ प्रतिलिटर थियो । बढेको भाडा दर अन्तरप्रदेशीय गन्तव्यका लागि मात्रै हो । एक प्रदेशभित्रको भाडा दर भने प्रदेश सरकारले तोक्नुपर्छ ।
यस्तो छ भाडा दर

प्रतिक्रिया 4