News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वोच्च अदालतमा योग्यता नपुगेको व्यक्तिलाई महान्यायाधिवक्ता नियुक्त गरिएको दाबीसहित तीन फरक रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ सुरु भएको छ।
- न्यायाधीश कुमार रेग्मीको इजलासमा आठ र पाँच जना अधिवक्ताले छुट्टाछुट्टै रिट निवेदन दिएका थिए।
- महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको निरन्तर १५ वर्ष वकालत अनुभव नपुग्ने भन्दै पदमुक्त गर्न माग गरिएको छ।
१० वैशाख, काठमाडौं । योग्यता नपुगेको व्यक्तिलाई महान्यायाधिवक्ता नियुक्त गरिएको दाबी सहित पेस भएका तीन फरक रिट निवेदनमाथि सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ सुरु भएको छ ।
न्यायाधीश कुमार रेग्मीको इजलासमा तीन फरक रिट निवेदनमाथि एकसाथ सुनुवाइ भइरहेको हो । अधिवक्ता माधव बस्नेत, शिवराज बरालसहित आठ जना तथा अधिवक्ता दिपकराज जोशीसहित पाँच जनाले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दिएका थिए ।
उनीहरूले पेस गरेको रिट निवेदन सुरुमा सर्वोच्च अदालत प्रशासनले दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको थियो । पछि एकल इजलासकै आदेशबाट दरपीठ आदेश बदर भई रिट निवेदनहरू दर्ता भएका हुन् ।
सर्वोच्च अदालतको न्यायाधीश सरहको पद मानिने महान्यायाधिवक्ताका लागि निरन्तर १५ वर्ष वकालत गरेको हुनुपर्छ ।
महान्यायाधीवक्ता डा. नारायणदत्त कँडेल लामो समय बेलायत बसेर व्यवसाय गरेको र उनको निरन्तर १५ वर्ष वकालतको अनुभव नपुग्ने भन्दै रिट निवेदनहरूमा उनलाई पदमुक्त गर्न माग राखिएको छ ।
प्रतिक्रिया 4