News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'टिका : स्टेटलेस सोल' २६ भदौमा देशब्यापी प्रदर्शनमा आउनेछ।
- शंकर कार्कीले निर्देशन गर्ने यो फिल्मलाई सुनील मानन्धरले वितरण गर्नेछन्।
- फिल्ममा महेश त्रिपाठी, वर्षा सिवाकोटी र ऋचा शर्माको मुख्य भूमिका रहनेछ।
काठमाडौं । महेश त्रिपाठी र वर्षा सिवाकोटीको शीर्ष भूमिका हुने फिल्म ‘टिका : स्टेटलेस सोल’को प्रदर्शन मिति तय भएको छ । शंकर कार्कीले निर्देशन गर्ने यो फिल्म हरितालिका तीजको छेकोमा २६ भदौमा देशब्यापी प्रदर्शनमा आउनेछ ।
यो फिल्मलाई सुनील मानन्धरले वितरण गर्नेछन् ।
चाँडै छायांकन तयारीमा रहेको यो फिल्मको कास्टिङ लाइनअप पनि विस्तार भएको छ । फिल्ममा ऋचा शर्मा पनि जोडिएकी छन् । विश्वास तिम्सिना बिटी कान्छाको पटकथा लेखन रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटाको संगीत निर्देशन हुनेछ ।
यस फिल्मलाई भविष्य खड्काले निर्माण गर्दैछन् । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गत २४ फागुनमा यो फिल्म निर्माणको घोषणा गरिएको थियो ।
महिलाको दृष्टिकोणबाट समाजका विभिन्न पाटा उजागर गर्ने भएकाले यसलाई नारीप्रधान फिल्म बताइएको छ । फिल्मले मनोरञ्जनसँगै सामाजिक सन्देश पनि दिने जनाइएको छ ।
सशक्त कथा, उत्कृष्ट अभिनय र प्रस्तुतिमार्फत दर्शकलाई फरक अनुभव दिलाउने अपेक्षा गरिएको निर्माताको भनाइ छ ।
प्रतिक्रिया 4