+
+
Shares

यातायात कार्यालयले भन्यो : ७ बजेदेखि नै लाइनमा बस्नुपर्ने अवस्था छैन

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १४ गते १२:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ठूलो भर्‍याङस्थित यातायात कार्यालयले सेवाग्राहीलाई बिहान ९ बजेपछि मात्र कार्यालयमा आउने र बिहान ७, ८ बजे लाइन बस्न नआउन आग्रह गरेको छ।
  • कार्यालयले सोमबार बाहेक अन्य दिनहरूमा भिडभाड कम हुने र दिउँसो ५ बजेसम्म सेवा उपलब्ध हुने जानकारी दिएको छ।
  • सेवाग्राहीलाई आफ्नो समय व्यवस्थापन गरी भिडभाड नहुने बेला कार्यालयमा आउन कार्यालयले अनुरोध गरेको छ।

१४ वैशाख, काठमाडौं । ठूलो भर्‍याङस्थित यातायात कार्यालयले सेवाग्राही बिहान ७/८ बजेदेखि नै लाइनमा बस्न आउने गरेको भन्दै त्यसो नगर्न सूचित गरेको छ ।

कार्यालयले सामाजिक सञ्जालमा सूचना राख्दै भनेको छ, ‘कार्यालय बिहान ९ बजे देखि खुल्छ । तर सेवाग्राही ७, ८ बजे देखि नै आएर कार्यालय बाहिर लाइन बस्‍ने गर्नुभएको छ, अहिले कार्यालयको कार्यबोझ अनुसार बिहानदेखि नै लाइन बस्‍नु पर्ने आवश्यकता छैन ।’

कार्यालयका अनुसार अहिले प्रत्येक दिन करिब १ बजेसम्म सबैको काम सकिएर काम हलुका भइसकेको हुन्छ । कार्यालयले भनेको छ, ‘सोमबारको दिनमा केही भीड हुन्छ, अन्य दिनहरूमा खाली नै छ ।’

दिउँसो बैंक ४ बजेसम्म खुल्ने र कार्यालय ५ बजे सम्म खुल्ने हुनाले आफ्नो समय व्यवस्थापन गरेर भिडभाड नहुने बेला सहज सेवा लिनेगरी आउन कार्यालयले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?