+
+
Shares

यातायात कार्यालयबाट १४ बिचौलिया पक्राउ, सेवाग्राहीसँग रकम असुलेको आरोप

लाइसेन्स प्रिन्ट तथा ब्लुबुक लगायतका कागजात नवीकरणमा सहजीकरण गर्ने भन्दै अतिरिक्त रकम असुल्ने गरेको पाइएको प्रहरीले बताएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १० गते १४:१७

१० पुस, काठमाडौं । यातायात कार्यालय छेउछाउ बसेर बिचौलियाको काम गरेको आरोपमा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ ।

यातायात कार्यालय राधेराधे, गुर्जुधारा कार्यालयहरू तथा ट्रायल सेन्टरहरूबाट १४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेर कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं र भक्तपुर पठाएको छ ।

पक्राउ परेकाहरूले लिखित तथा ट्रायल फेल हुनेहरूलाई यातायातका कर्मचारीसँग चिनजान छ भन्दै पास गराउने बताउने र त्यसका लागि १० हजार रुपैयाँ लिने गरेको पाइएको अपराध अनुसन्धान कार्यालयमा एसपी काजीकुमार आचार्यले बताए ।

लाइसेन्स प्रिन्ट तथा ब्लुबुक लगायतका कागजात नवीकरणमा सहजीकरण गर्ने भन्दै अतिरिक्त रकम असुल्ने गरेको पाइएको प्रहरीले बताएको छ ।

मेडिकल फेल भएकाहरूलाई समेत पास गराउने भन्दै रकम उठाउने र सेटिङमा छिटो छरितो काम गर्ने भन्दै रकम लिने गरेको पाइएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?