फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक १३ वैशाखमा काठमाडौंमा दुई घण्टा ढिला भएर सुरु भएको छ।
- सभापति गगन थापाले संसदीय दलको नेता सहमतिका लागि प्रस्ताव गर्ने कार्यक्रम रहेको उनले बताए।
- कार्यसम्पादन बैठकपछि सभापति थापाले दलको कार्यालयमा सांसदहरूसँग दलका नेता छनोटबारे छलफल गर्ने कार्यक्रम तय गरिएको छ।
१३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ ।
आज बिहान ११ बजेका लागि डाकिएको बैठक दुई घण्टा ढिला गरी बसेको हो ।
बैठकमा सभापति गगन थापाले सहमतिका लागि संसदीय दलको नेता प्रस्ताव गर्ने कार्यक्रम छ।
कार्यसम्पादन बैठकपछि आजै दलको कार्यालयमा सभापति थापाले दलका नेता छनोटबारे सांसदहरूसँग छलफल गर्ने कार्यक्रम छ ।
सभापतिले प्रस्ताव गरेअनुसार संसदीय दलको विधानको धारा ५ अनुसार संसदीय दलको नेता चयन औपचारिक रूपमा अगाडि बढ्ने एक नेताले बताए ।
सहमतिमै दलको नेता चयन गर्ने भन्दै शुक्रबार निर्वाचन प्रक्रिया स्थगन गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4