News Summary
Generated by OK AI. Editorially reviewed.- होटल संघ नेपालले भारतको नयाँ दिल्लीमा भोलिदेखि तीन दिने नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गर्ने भएको छ।
- हानका अध्यक्ष विनायक शाहको नेतृत्वमा ६५ सदस्यीय नेपाली होटल प्रतिनिधिमण्डल उक्त कार्यक्रममा सहभागी हुनेछ।
- कार्यक्रममा नेपाली टोलीले भारतीय समकक्षीसँग बीटुबी भेटघाट गरी विशेष पर्यटन प्याकेज सार्वजनिक गर्ने बताइएको छ।
१४ वैशाख, काठमाडौं । होटल संघ नेपालले भोलिदेखि भारतको नयाँ दिल्लीमा नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गर्ने भएको छ । नेपाल र भारतका प्रमुख पर्यटन व्यवसायीलाई एउटै मञ्चमा ल्याउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले विशेषगरी गर्मीयाममा भारतीय पर्यटकको आगमन वृद्धि गर्ने लक्ष्य राखेको छ ।
हानका अध्यक्ष विनायक शाहको नेतृत्वमा ६५ सदस्यीय नेपाली होटल प्रतिनिधिमण्डल कार्यक्रममा सहभागी हुनेछ । प्रतिनिधिमण्डलले अप्रिल २८ मा ‘नेपाल-वैवाहिक गन्तव्य’ तथा अप्रिल २९ मा ‘नेपाल- तपाईंको नजिक, कल्पनाभन्दा उत्कृष्ट बिदा गन्तव्य’ शीर्षकका कार्यक्रमहरूमा भाग लिनेछ ।
यस प्रतिनिधिमण्डलमा हानका पदाधिकारी, बोर्ड सदस्य तथा देशभरका सदस्य होटल सहभागि छन् । नेपाल प्रवर्द्धनात्मक कार्यक्रमलाई दिल्लीस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डको सहयोग रहेको हानले बताएको छ ।
तीन दिने कार्यक्रम अवधिभर नेपाली टोलीले भारतीय समकक्षीसँग बीटुबी भेटघाट गर्नुका साथै ‘नेपाल पर्यटन साँझ’ मा पनि सहभागिता जनाउनेछ ।
कार्यक्रममार्फत हानका सदस्य होटलहरूले भारतीय परिवार, समूह पर्यटक, तीर्थयात्री, नवविवाहित जोडी, हनिमुन यात्रु, कर्पोरेट ग्राहक तथा प्रकृति, संस्कृति र साहसिक पर्यटनमा रुची राख्ने पर्यटकहरूलाई लक्षित विशेष प्याकेज सार्वजनिक गर्ने बताइएको छ ।
मध्यपूर्व संकटका कारण उडान अवरुद्ध हुनु र हवाई भाडा वृद्धि भएको सन्दर्भमा छिमेकी नेपालमा भारतीय पर्यटकको आगमन उल्लेखनीय रूपमा बढ्ने अपेक्षा होटल संघ नेपालले गरेको छ ।
प्रतिक्रिया 4