News Summary
Generated by OK AI. Editorially reviewed.- प्यूठानमा घरायसी विवादका क्रममा बुवा सानू नेपालीले पेट्रोल छर्केर आगो लगाउँदा आफू र छोरी अञ्जली नेपाली गम्भीर घाइते भएका छन्।
- घाइते दुवै जनाको प्रारम्भिक उपचार जिल्ला अस्पतालमा गरिएको र गम्भीर अवस्थामा थप उपचारका लागि मिसन अस्पताल पाल्पा रेफर गरिएको छ।
१४ वैशाख, प्यूठान । घरायसी विवादका क्रममा पेट्रोल छर्किँदा आगो लागेर बुवा–छोरी गम्भीर घाइते भएका छन् ।
प्यूठान नगरपालिका–९ पारपाखाका ४५ वर्षीय सानू नेपाली र उनकी १८ वर्षीया छोरी अञ्जली नेपाली घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार घरायसी झगडाका क्रममा बुवा सानू नेपालीले आफ्नै शरीरमा पेट्रोल खनाई आगो लगाउने प्रयास गरेका थिए ।
सोही क्रममा छोरी अञ्जलीले रोक्ने प्रयास गर्दा पेट्रोल खोसाखोस भएको र दुबै जना जलेर घाइते भएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए ।
घाइते दुवै जनाको प्रारम्भिक उपचार जिल्ला अस्पतालमा गरिएको र अवस्था गम्भीर रहेकाले थप उपचारका लागि मिसन अस्पताल पाल्पा रेफर गरिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4