+
+
Shares

विकल पौडेल दम्पतीविरुद्ध ६९ करोड बराबर सम्पत्ति शुद्धीकरण मुद्दा दायर

पौडेलविरुद्ध ६१ करोड १३ लाख २१ हजार १ सय ५३ र उनकी श्रीमती एलिना बस्नेतविरुद्ध ७ करोड ८१ लाख ४४ हजार ५१ रुपैयाँ बराबर बिगो दाबी गर्दै मुद्दा दायर गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १६ गते १९:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राजस्व अनसन्धान विभागले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन निर्देशक विकल पौडेल दम्पत्तिविरुद्ध ६८ करोड ९४ लाख ६५ हजार रुपैयाँ बराबर बिगो दाबी गर्दै सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ।
  • विभागले सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा ३ को उपदफा (१) को खण्ड \'क\', \'ख\' र \'ग\' मा उल्लिखित कसुरमा मुद्दा दर्ता गरेको निर्देशक सचितकुमार वाइवाले जानकारी दिए।
  • पौडेल र उनकी श्रीमतीले विदेशी विनिमय अपचलन गरी कारोबार गरेको सम्बन्धमा ६२ करोड ६५ लाख ९१ हजार ८ सय ९३ रुपैयाँ बिगो कायम गरी १४ असोज २०८१ मा मुद्दा दायर गरिएको थियो।

१६ वैशाख, काठमाडौं । राजस्व अनसन्धान विभागले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल दम्पतीविरुद्ध ६८ करोड ९४ लाख ६५ हजार रुपैयाँ बराबर बिगो दाबी गर्दै सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा दायर गरेको छ ।

विभागले बुधबार काठमाडौं जिल्ला अदालत बबरमहलमा अभियोगपत्र दर्ता गरेको निर्देशक सचितकुमार वाइवाले जानकारी दिए ।

पौडेलविरुद्ध ६१ करोड १३ लाख २१ हजार १ सय ५३ र उनकी श्रीमती एलिना बस्नेत विरुद्ध ७ करोड ८१ लाख ४४ हजार ५१ रुपैयाँ बराबर बिगो दाबी गर्दै मुद्दा दायर गरिएको हो ।

विभागले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन २०६४ को दफा ३ को उपदफा (१) को खण्ड ‘क’, ‘ख’ र ‘ग’ मा उल्लेखित कसुर गरेको अभियोगमा मुद्दा दर्ता गरेको जनाएको छ ।

विभागका अनुसार उनीहरूले विदेशी विनिमय अपचलन गरी कारोबार गरेको सम्बन्धमा ६२ करोड ६५ लाख ९१ हजार ८ सय ९३ रुपैयाँ बिगो कायम गरी १४ असोज २०८१ मा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको थियो ।

उक्त मुद्दा सम्बद्ध कसुरबाट आर्जित सम्पत्ति सम्बन्धमा अनुसन्धान गर्दा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुर समेत गरेको अनुसन्धानबाट स्थापित हुन आएको विभागले आफ्नो सूचनामा जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?