+
+
Shares

सुकुमवासी बस्ती हटाएको विषयमा विपक्षी दलले भने- सरकारको रवैयाप्रति आपत्ति छ

सुकुमवासी र अव्यवस्थित बसोवासी नागरिकको पहिचान नगरी, वैकल्पिक आवासको सुनिश्चितता नगरी बस्तीमा डोजर लगाएकोप्रति विपक्षी दलहरूले आपत्ति जनाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १७ गते १२:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विपक्षी दलले सुकुमवासी र अव्यवस्थित बसोवासीको पहिचान नगरी वैकल्पिक आवास सुनिश्चित नगरी बस्तीमा डोजर लगाएकोप्रति आपत्ति जनाएका छन्।
  • आज बिहान बसेको विपक्षी दलको बैठकले सरकारको उक्त कामप्रति आपत्ति र विरोध गर्ने निर्णय गरेको छ।
  • विपक्षी दलले बालबालिका, गर्भवती महिला, सुत्केरी, जेष्ठ नागरिक र विपन्न परिवार बढी प्रभावित भएको बताउँदै संविधानले आवासको हक सुनिश्चित गरेको स्मरण गराएको छ।

१७ वैशाख, काठमाडौं । सुकुमवासी र अव्यवस्थित बसोवासी नागरिकको पहिचान नगरी, वैकल्पिक आवासको सुनिश्चितता नगरी बस्तीमा डोजर लगाएकोप्रति विपक्षी दलहरूले आपत्ति जनाएका छन् ।

आज बिहान बसेको विपक्षी दलको बैठकले सरकारको उक्त कामप्रति आपत्ति र विरोध गर्ने निर्णय गरेको हो । कांग्रेस, एमाले र नेकपाको बैठकले यस्तो निर्णय गरेको हो ।

‘यतिबेला काठमाडौं उपत्यकासमेत देशका विभिन्न स्थानमा सुकुमवासी र अव्यवस्थित बसोवासी नागरिकको छानविन, लगत संकलन र पहिचान नगरी तथा वैकल्पिक आवासको सुनिश्चिता नगरी बस्ती हटाउने कार्य तीव्र पारिएकोप्रति हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ,’ विपक्षी दलको निर्णयमा उल्लेख छ,’हामी सरकारको यो रवैयप्रति आपत्ति र विरोध गर्दछौं । यो अवस्थामा त्यस्ता वस्तीमा बसोवास गर्ने नागरिकहरुमा व्यापक असुरक्षा, भय र त्रासको स्थिति सिर्जना भएको छ ।’

विपक्षी दललर् खासगरी बालवालिका, गर्भवती महिला, सुत्केरी, जेष्ठ नागरिक र विपन्न परिवार बढी प्रभावित भएको बताउँदै संविधानले हरेक नेपालीको आवासको हक सुनिश्चित गरेको स्मरण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?