+
+
Shares

पाथीभरादेवी मन्दिर पनि भत्काइयो (तस्वीरहरू)

काठमाडौंको बल्खु क्षेत्रका सुकुमवासी बस्तीमा बागमती खोला किनारा अतिक्रमण गरी बनाएका घरटहरा डोजर लगाएर भत्काइएको छ।

कौशल काफ्ले कौशल काफ्ले
२०८३ वैशाख १८ गते १४:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको बल्खु क्षेत्रका सुकुमवासी बस्तीमा बागमती खोला किनारा अतिक्रमण गरी बनाएका घरटहरा डोजर लगाएर भत्काइएको छ।
  • डोजर चलाउँदा सो क्षेत्रमा रहेको ऊँ श्री पाथीभरादेवी मन्दिर माकुम्लुङ्‍ग समेत भत्काइएको छ।

१८ वैशाख, काठमाडौं । काठमाडौंको बल्खु क्षेत्रका सुकुमवासी बस्तीमा बिहानैदेखि डोजर चलाइएको छ । बागमती खोला किनारा अतिक्रमण गरी सुकुमवासीहरूले बनाएका घरटहरा डोजर लगाएर भत्काइएको छ । घरटहरा भत्काउने क्रममा सो क्षेत्रमा रहेको ऊँ श्री पाथीभरादेवी मन्दिर माकुम्लुङ्‍ग (महाकाली) मगक्लुङ्‍ग (जगतजननी) समेत भत्काइएको छ ।

स्थानीयले मन्दिर नभत्काउन सुरक्षाकर्मीहरूसँग आग्रह गरेका थिए ।

तर प्रहरीले डोजर लगएर मन्दिरमा पनि भत्काइ दिएको स्थानीय बिजुला बिकले बताइन् ।

यसअघि आजै बल्खुस्थित साङ्गे छोइलिङ्ग गुम्बा पनि डोजर लगाएर भत्काइएको थियो

‘हामीले त हाम्रो घर भत्काए पनि मन्दिर नभत्काउन भनेका थियौं । महानगर प्रहरीले हुन्छ पनि भनेको थियो । तर पुलिस (नेपाल प्रहरी) आएपछि भत्काइदियो,’ उनले गुनासो गरिन् ।

स्थानीयका अनुसार यो मन्दिर १९ वर्षअगाडि बनाइएको थियो । माता बताउने पार्वती लामाले यो मन्दिर बनाएकी हुन् ।

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?