News Summary
Generated by OK AI. Editorially reviewed.- कीर्तिपुर होल्डिङ सेन्टरमा राखिएका ४१ सुकुमवासी विद्यार्थीलाई बल्खुस्थित जनविकास माध्यमिक विद्यालयमा पढाउने वातावरण मिलाइएको छ।
- काठमाडौं महानगरले विद्यार्थीको स्कुल ड्रेसको नाप लिइसकेको र हालसम्म ३५ जनाको नाप लिइसकेको जनाएको छ।
- कीर्तिपुर होल्डिङ सेन्टरमा हाल १९२ जना छन्, जसमा ७७ पुरुष, ५० महिला, ३४ बालक र ३१ बालिका रहेका छन्।
२४ वैशाख, काठमाडौं । विस्थापित सुकुमवासी राखिएको कीर्तिपुर होल्डिङ सेन्टरका विद्यार्थीलाई त्यहीँको जनविकास माध्यमिक विद्यालयमा पठनपाठनको वातावरण मिलाइएको छ ।
अहिले राधास्वामी सत्संगमा राखिएका ४१ विद्यार्थीलाई त्यहाँ पढाउने वातावरण मिलाइएको हो ।
काठमाडौंको बल्खुमा रहेको उक्त विद्यालयमा सुकुमवासी विद्यार्थीलाई पठनपाठनको वातावरण मिलाउन थालिएको काठमाडौं महानगरले जनाएको छ ।
होल्डिङ सेन्टरमा खटिएका महानगर प्रहरीका अनुसार हालसम्म ४१ जना विद्यार्थीको नाम पठनपाठनको लागि संकलन गरिएको छ ।
विद्यार्थीको स्कुल ड्रेसको नापसमेत पनि लिन थालिएको छ । अहिलेसम्म ३५ जना विद्यार्थीको ड्रेसको नाप लिइसकिएको छ ।
पठनपाठनबाट विद्यार्थी बञ्चित नहुन् भनेर तत्कालको लागि यो व्यवस्था गरिएको महानगरले जनाएको छ ।
उक्त होल्डिङ सेन्टरमा १९२ जना छन्, जसमा ७७ पुरुष, ५० महिला, ३४ बालक र ३१ बालिका रहेका छन् ।
प्रतिक्रिया 4