News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल फिल्म क्याम्पसले कक्षा १२ को परीक्षा दिएका विद्यार्थीका लागि 'युथ फिल्ममकेर्स क्याम्प २०२६' जेठ १३ देखि एक महिनासम्म सञ्चालन गर्ने भएको छ।
- क्याम्पमा फिल्म लेखन, छायांकन, ध्वनि, सम्पादन, निर्देशन, अभिनय र फिल्म निर्माणका सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान प्रदान गरिनेछ।
- शिशिर उप्रेतीले विद्यार्थीले खाली समय सृजनात्मक कार्यमा लगाउन र फिल्म निर्माणमा भविष्य खोज्न क्याम्प आयोजना गरिएको बताए।
काठमाडौं । फिल्म विषयमा स्नातक तह अध्यापन गराइरहेको नेपाल फिल्म क्याम्पसले कक्षा १२ को परीक्षा दिएर बसिरहेका विद्यार्थीको लागि ‘युथ फिल्ममकेर्स क्याम्प २०२६’ संचालन गर्ने भएको छ ।
जेठ १३ गते देखि एक महिनासम्म चल्ने क्याम्पमा फिल्म लेखन, छायांकन, ध्वनि, सम्पादन, निर्देशन, अभिनय तथा फिल्म निर्माणबारे सैद्धान्तिक तथा प्रयोगात्मकपक्ष बारेका ज्ञान प्रदान गरिने भएको छ ।
साथै शिल्पहरू सिकाइने क्याम्पसका एकेडेमिक संयोजक विनोद खतिवडाले जानकारी दिए ।
परीक्षाफल कुरिरहेका विद्यार्थीले आफ्नो खाली समय सृजनात्मक कार्यमा लगाउदै चलचित्रका विविध पक्षको ज्ञान हासिल गरुन् र फिल्म निर्माणमा भविष्य खोज्न सकून भन्ने उद्देश्यले क्याम्पको आयोजना गर्न लागिएको क्याम्पस क्याम्पस प्रमुख शिशिर उप्रेतीले बताए ।
निःशुल्क सहभागी हुन सकिने यस क्याम्पमा सहभागी हुन इच्छुकले जेठ ११ गते भित्रमा गुगल फर्ममार्फत आफ्नो विवरण भर्नुपर्ने हुन्छ । वैशाख महिनामा भएको कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले मात्र आवेदन दिन सक्ने जनाइएको छ ।
प्रतिक्रिया 4