+
+
Shares

विष्णु पौडेलको नेतृत्वमा संविधान संशोधन कार्यदल प्रस्ताव

कार्यदलको सदस्यमा जुलीकुमारी महतो, अग्निप्रसाद खरेल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टीकाराम भट्टराई र पासाङ शेर्पा प्रस्ताव गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ७ गते १५:४७

७ जेठ, काठमाडौ । सरकारले संविधान संशोधनको छलफल थालेपछि नेकपा एमालेले पनि कार्यदल गठन गर्ने भएको छ ।

सचिवालय बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा संविधान संशोधन कार्यदल गठनको प्रस्ताव गरिएको छ । ‘विभिन्न पार्टीहरुले आ–आफ्नै ढंगले आन्तरिक कार्यदल निर्माण गरेको सूचना प्रेषित भएका छन् । सरकार तहमा पनि संविधान संशोधनका लागि परामर्श र छलफल शुरु गरिएको छ,’ एमालेको प्रस्तावमा भनिएको छ, ‘तसर्थ, पार्टीले पनि संविधान संशोधन सम्बन्धी कार्यदल गठन गर्नु आवश्यक छ ।’

यो कार्यदलको सदस्यमा जुलीकुमारी महतो, अग्निप्रसाद खरेल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टीकाराम भट्टराई र पासाङ शेर्पा प्रस्ताव गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?