+
+
Shares

मीनबहादुरले दानमा दिएको जग्गा एमालेले फिर्ता गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ७ गते १५:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • व्यवसायी मीनबहादुर गुरूङले दानमा दिने प्रस्ताव गरिएको भवन नेकपा एमालेले फिर्ता गर्ने निर्णय गरेको छ।
  • नेकपा एमाले सचिवालय बैठकले दानमा लिने भवनको प्रस्ताव फिर्ता गरी बल्खुमै नयाँ कार्यालय बनाउने निर्णय गरेको छ।
  • एमाले महासचिव शंकर पोखरेलले मदन–आश्रित दिवसको अवसरमा बल्खुमै केन्द्रीय कार्यालय बन्ने घोषणा गरिसकेका छन्।

७ जेठ, काठमाडौ । एमालेले  व्यवसायी मीनबहादुर गुरूङले  आफ्नो तर्फबाट अनुदानमा बनाइिदने कार्यालय भवन नलिने भएको छ । जग्गा दानसहित  भवन दिने गुरुङको प्रस्तावलाई नेकपा एमालेले धन्यावादसहित फिर्ता गर्ने भएको छ ।

सचिवालय बैठकमा प्रस्तुत प्रस्तावमा गुरुङबाट दानमा लिने भनिएको भवनको प्रस्ताव फिर्ता गरेर बल्खुमै कार्यालय बनाउने उल्लेख छ ।

‘कलंकीमा भवन निर्माणको प्रस्ताव गर्ने दाता (मीनबहादुर गुरुङ दम्पत्ति) लाई धन्यवाद सहित उहाँहरूको प्रस्ताव फिर्ता गर्ने र अब नयाँ कार्यालय भवन मदननगर, बल्खुमै निर्माण गर्ने निर्णय गर्ने,’ एमालेको प्रस्ताव छ ।

गुरुङले दानमा दिने भनेको भवनको शिल्यान्यास ०८१ असोजमा ओली र गुरुङ दम्पतीले गरेका थिए । तर उक्त भवन निर्माण भएको थिएन ।

सचिवालय बैठकले अब बल्खुमै केन्द्रीय कार्यालय बनाउने प्रस्ताव अगाडि बढाएको छ । मदन–आश्रित दिवसको अवसर पारेर महासचिव शंकर पोखरेलले बल्खुमै कार्यालय बन्ने घोषणा गरिसकेका छन् ।

व्यावसायी गुरुङबाट दानमा जग्गा लिएर उनकै सौजन्यमा भवन पनि बनाउने  निर्णयले एमालेमा ठूलो विवाद निम्त्याएको थियो । यही विषयलाई लिएर प्रश्न उठाउने नेताहरू विन्दा पाण्डे र उषाकिरण तिम्सेनामाथि एमालेले अनुशासनको कारबाही गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?