+
+
Shares

बुद्ध एयरको भरतपुर-पोखरा उडान बन्द

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ८ गते ९:४३

८ जेठ, चितवन । बुद्ध एयरले दुई पर्यटकीय प्रमुख गन्तव्य चितवनको भरतपुरदेखि कास्कीको पोखरासम्म गर्दै आएको उडान बन्द गरेको छ । विगत एक महिनादेखि भरतपुर पोखराको उडान रोकिएको बुद्ध एयर भरतपुरका स्टेशन म्यानेजर भक्त बस्नेतले जानकारी दिए ।

उनका अनुसार पोखरा र भरतपुर आउने जाने यात्रुको संख्या ज्यादै न्यून हुनु, भाडा पनि बढ्नु, पोखरा–मुग्लिन सडकखण्ड राम्रो बन्नु जस्ता कारणले उडान रोक्नु परेको हो ।

पोखरा जाने वा चितवन आउने ग्रुपहरु भएमा उडान सक्ने गरी हाललाई सेवा रोकिएको स्टेशन म्यानेजर बस्नेतले बताए । ‘केही समय यतिकै पनि चलाइयो, तर सधैं जहाज खाली–खाली उडाउने कुरा पनि भएन,’ बस्नेतले भने, ‘…पोखरा र भरतपुर दुबै पर्यटकीय क्षेत्र भएकाले पर्यटकलाई फोकस गरेर सञ्चालन गरिएको सेवा खासै राम्रो हुन सकेन ।’

चितवन र पोखराका पर्यटन तथा होटल व्यवसायीहरुको विशेष अनुरोधमा बुद्धले २०७४ भदौ ३० गतेदेखि भरतपुर पोखरा उडान गरेको थियो । बुद्धको जहाज कहिले भरतपुर आएर पोखरा त कहिले पोखराबाट भरतपुर आउने गरेको थियो ।

यसअघि, मुग्लिन नारायणगढ र आँबुखैरेनी पोखरा सडक विस्तारका कारणले भरतपुर–पोखरा आउन–जान असहज भएका बेला बुद्धले भरतपुरदेखि पोखरासम्म उडान गरेको थियो । तर, अहिले दुबै सडकखण्ड विस्तार भएकाले धेरैजसो मानिसहरु सडककै बाटो भएर यात्रा गर्न थालेका छन् । भरतपुरबाट पोखरा निजी सवारीमा साढे २ घण्टामा र सार्वजनिक सवारीमा ३ घण्टामा पुग्न सकिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?