+
+
Shares

‘फिफा विश्वकप २०२६’ का लागि लिसा, अनिट्टा र रेमाले ल्याए अफिसियल गीत ‘गोल्स’

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ८ गते १३:२९
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • के-पप स्टार लिसा, ब्राजिली गायिका अनिट्टा र अफ्रोबिट्स कलाकार रेमाले संयुक्त रूपमा नयाँ गीत ‘गोल्स’ सार्वजनिक गरेका छन्।
  • ‘गोल्स’ गीत फिफा विश्वकप २०२६ को आधिकारिक एल्बमअन्तर्गत बिहीबार सार्वजनिक गरिएको हो।
  • यो गीत पहिलो पटक जुन १२ मा लस एन्जलसमा हुने विश्वकप उद्घाटन समारोहमा प्रत्यक्ष प्रस्तुत गरिनेछ।

काठमाडौं । के-पप स्टार लिसा, ब्राजिली गायिका अनिट्टा र अफ्रोबिट्स कलाकार रेमाले संयुक्त रूपमा नयाँ गीत ‘गोल्स’ सार्वजनिक गरेका छन् । यो गीत फिफा विश्वकप २०२६ को आधिकारिक एल्बमअन्तर्गत बिहीबार सार्वजनिक गरिएको हो ।

‘गोल्स’ गीतमा तीन फरक महादेशको सांगीतिक स्वाद र सांस्कृतिक प्रभाव मिसिएको छ । ल्याटिन पप, के-पप र अफ्रोबिट्सको मिश्रण रहेको यो गीतमा ऊर्जाशील संगीतसँगै अफ्रो शैलीका तालहरू समावेश छन् ।

ग्रामी विजेता निर्माता सिर्कुटसँगै बाभा, पिंकस्लिप र ट्रपकिलाजले गीत निर्माण गरेका हुन् । बहुभाषिक शैलीमा तयार पारिएको करिब तीन मिनेट लामो गीतमा तीनै कलाकारको छुट्टाछुट्टै ऊर्जा र प्रस्तुति देखिन्छ ।

लिसाले वक्तव्यमा विश्वकपको आधिकारिक एल्बमको हिस्सा बन्न पाउँदा उत्साहित भएको बताएकी छन् । उनले संगीतले संसारभरका मानिसलाई जोड्ने भएकाले अनिट्टा र रेमासँग सहकार्य गर्नु आफ्नो लागि सम्मानको विषय भएको उल्लेख गरेकी छन् ।

अनिट्टाले आफू ब्राजिली भएकाले विश्वकपसँग भावनात्मक सम्बन्ध रहेको बताएकी छन् । उनले विश्वकपको इतिहाससँग जोडिन पाउनु र लिसा तथा रेमासँग ‘गोल्स’मा सहकार्य गर्न पाउनु विशेष अवसर भएको प्रतिक्रिया दिएकी छन् ।

रेमाले पनि ‘तीन महादेश, एउटा गीत’ भन्दै यो सहकार्य विश्व संगीतका लागि महत्वपूर्ण क्षण भएको बताएका छन् ।

एसएएलएक्ससीओ यूएएम र डिफ जाम रेकर्डिङ्समार्फत सार्वजनिक गरिएको गीतसँगै यसको म्युजिक भिडियो पनि रिलिज गरिएको छ । उच्च ऊर्जा र सांस्कृतिक रंगले भरिएको भिडियो गीतजत्तिकै आकर्षक रहेको जनाइएको छ । यो गीत पहिलो पटक जुन १२ मा लस एन्जलसमा हुने विश्वकप उद्घाटन समारोहमा प्रत्यक्ष प्रस्तुत गरिनेछ ।

युट्युबमा हेर्न यो लिंकमा क्लिक गर्नुहोस् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?