+
+
Shares

गुमनाम कृष्टि मनाउँदैछिन् जन्मदिन, न्यूयोर्कमा के गर्दैछिन् ?

कुनै समय थियो, जब पर्दामा कृष्टीको अनुहार देखिँदा फिल्म हिट हुने ग्यारेन्टी मानिन्थ्यो । ‘कसम’ मा राजेश हमालसँगको दोहोरो भूमिकाले दर्शकलाई छक्क तुल्यायो ।

राजन घिमिरे राजन घिमिरे
२०८३ जेठ ८ गते १३:४६
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली अभिनेत्री कृष्टी मैनाली ५१ वर्षकी भइन् र उनी अहिले अमेरिकामा बसोबास गर्छिन्।
  • उनले करिअरमा ३० भन्दा बढी फिल्ममा अभिनय गरिन् र पछिल्लो फिल्म 'पछ्यौरी' रिलिज भएको २९ वर्ष भयो।
  • अहिले उनी नेपाली फिल्ममा पुनरागमन नगरेको कारण दर्शकले प्रश्न गरिरहेका छन् र सामाजिक सञ्जालमा शुभकामना दिइरहेका छन्।

काठमाडौं । शुक्रबार उनको जन्मदिन ! धेरै भयो उनलाई देख्न नपाएको । कस्ती भइन् होला ? के गर्दै होलिन ? किन एक्कासी हराइन ? उनका बारेमा यस्तो चासो लामो समयदेखी हुंदै आएको छ ।

उनी अमेरिकामा छिन । तर, अमेरिकामा नै हुने गरेका नेपाली फिल्म सम्बन्धी र अन्य कुनै कार्यक्रममा उनको उपस्थिति देखिँदैन । अन्तर्वार्तामा छैनन् । आक्कलझुक्कल सामाजिक संजालमा पोस्ट आउँछन् ।

यद्यपि, गतिविधि शून्य । यतिबेला उनका समकालिन कलाकार धमाधम पर्दामा फर्किरहेका छन् । तर, कृष्टी मैनाली भने गुमनाम जीवन बाँचिरहेकी छन् ।

कुनै समय थियो, जब पर्दामा कृष्टीको अनुहार देखिँदा फिल्म हिट हुने ग्यारेन्टी मानिन्थ्यो । ‘कसम’ मा राजेश हमालसँगको दोहोरो भूमिकाले दर्शकलाई छक्क तुल्यायो । ‘राधाकृष्ण’ मा भुवन केसीसँगको जोडीले सिंगो हल तालीले गुञ्जायमान बनाउँथ्यो । तर अहिले हलमा नयाँ पुस्ता चम्किरहेको छ ।

करिअरको उत्कर्षमा हुँदा अचानक पर्दाबाट हराएकी कृष्टी अहिले न्यूयोर्कमा बसोबास गर्छिन् । पछिल्लो फिल्म ‘पछ्यौरी’ रिलिज भएको २९ वर्ष भयो । त्यसयता उनी गुमनाम छिन् ।

करिअरमा उनले ३० भन्दा धेरै फिल्ममा अभिनय गरिन् । धेरैजसो फिल्ममा भुवन केसी, शिव श्रेष्ठ र राजेश हमाल हिरोको भूमिकामा देखिए ।

समकालिन कलाकार पनि अहिले पनि सक्रिय छन् । कोहीले पुनरागमन गर्न थालिसके । अमेरिका र युरोपमै रहेका कति अभिनेता अभिनेत्रीको नेपाली फिल्ममा पुनरागमन भैरहेको छ ।

यसकारण पनि दर्शकले कृष्टीलाई प्रश्न गर्न थालेका छन्– कहिले फिल्ममा फर्किन् ? उनी भने मौन छिन् । ‘एक समय नेपाली फिल्ममा एकछत्र राज गरेकी कृष्टीलाई नेपाली फिल्मको पर्दामा पुन हेर्न दर्शक लालायित छन् ।

कुनै बेला चम्किएको उनको स्टारडम अहिले प्राइभेसीमा लुकेको छ । सामाजिक सञ्जालमा उनका पछिल्ला फोटो हेर्दा लुक्स भिन्न देखिन्छ । नयाँपुस्ताले त चिन्दा पनि चिन्दैन । यद्यपि, सामाजिक संजालमा उनलाई चिनेकाले शुभकामना दिइरहेका छन् ।

उमेर ५१ वर्ष पुग्यो तर सौन्दर्य अझै निखारिँदो छ । दर्शक अझै पनि आशामा छन्, कहीँ कतैबाट कृष्टीले पुनः पर्दामा फन्को मारून् भन्ने । दर्शकको स्मृतिमा उनै अझै स्टार हुन् । कृष्टीलाई ह्याप्पी बर्थडे !

लेखक
राजन घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?