News Summary
Generated by OK AI. Editorially reviewed.- पाँचथरको याङवरक गाउँपालिका–६ अर्चलेमा सिङ्गल क्यापको पिकअप दुर्घटनामा चालक गोपाल भटराईको मृत्यु भएको छ।
- दुर्घटना पिसाब गर्न रोक्दा न्यूट्रलमा रहेको गाडी गुड्न थालेपछि ब्रेक लगाउने प्रयास गर्दा भएको प्रहरीले जनाएको छ।
- गाडीमा रहेका अन्य दुई यात्रु पिसाब गर्न बाहिर रहेकाले सुरक्षित छन्।
८ जेठ, पाँचथर । पाँचथरको याङवरक गाउँपालिका–६ अर्चले भन्ने ठाउँमा सिङ्गल क्यापको पिकअप दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिश कर्णका अनुसार दुर्घटनामा परी झापाको बाह्रदशी गाउँपालिका–५ घर भएका ३५ बर्षिय गोपाल भटराईको मृत्यु भएको हो ।
पिसाब गर्न रोकेका बेला न्यूट्रलमा रहेको गाडी गुड्न थालेपछि ब्रेक लगाउने प्रयास गर्दा चालक सहित गाडी बाटोभन्दा तल झरेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जानकारी दिएको छ ।
गाडीका अन्य दुईयात्री पिसाब गर्न बाहिर रहेकाले सुरक्षित छन् ।
च्याङथापुबाट गोरु र बाछि फालेलुङ तर्फ लैजाने क्रममा अचर्लेमा गाडी रोकिएको थियो । प्र १–०१–००२ च १५६९ नम्बरको पिकअप दुर्घटनामा परेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4