+
+
Shares

सगरमाथा र लोत्से आरोहण गरेका सशस्त्रका २ महिला कर्मचारी एक तह बढुवा

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ९ गते १०:१५

९ जेठ, काठमाडौं । सगरमाथा र लोत्से हिमाल आरोहण गरेकी सहायक निरीक्षक निम दिकी शेर्पा र सगरमाथा आरोही सहायक हवल्दार अनिता कार्कीलाई एक तह बढुवा हुने भएका छन् ।

सहायक निरीक्षक शेर्पालाई तत्काल बढुवा प्रक्रिया अगाडि बढाईएको छ भने सहायक हवल्दार कार्कीलाई सहायक हवल्दार पदमा बढुवा भएको अवधि पुगेपछि हवल्दारमा बढुवा गरिने भएको छ ।

शुक्रबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा राखिएको सम्मान कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले बढुवा गर्ने घोषणा गरेका हुन् ।

साथै सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सगरमाथा तथा लोत्से हिमालको सफलतापूर्वक आरोहण गरेका शेर्पा र कार्कीलाई बधाई दिनुकासाथै उनीहरुले विश्वको सर्वोच्च शिखरमा राष्ट्र र संगठनको झण्डा फहराउनु गर्वको विषय भएको उल्लेख गरे ।

अनिता कार्कीले जेठ ३ गते बिहान १० बजेर २० मिनेटमा सगरमाथाको सफल आरोहण गरेकी थिइन् भने शेर्पाले सोही दिन बिहान ११ बजेर ५५ मिनेटमा सगरमाथा र जेठ ४ गते दिउँसो ३ बजेर २५ मिनेटमा लोत्से हिमालको सफल आरोहण गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?