News Summary
Generated by OK AI. Editorially reviewed.- ५५ वर्षीया नेपाली महिला ठूली कान्छी तामाङको अस्ट्रेलियाको सिड्नी विमानस्थलमै निधन भएको छ ।
- उनी आफ्ना छोरा राजु तामाङलाई भेट्न सिड्नी पुगेकी थिइन् र विमान अवतरणपछि अचानक बेहोस भएकी थिइन्।
१० जेठ, सिड्नी । छोरा भेट्ने नेपालबाट अस्ट्रेलियाको सिड्नी पुगेकी एक ५५ वर्षीया नेपाली महिलाको सिड्नी अन्तर्राष्ट्रिय विमानस्थलमै निधन भएको छ। (यो तीन वर्ष अघिको घटना हो ।*)
अस्ट्रेलियन समयअनुसार, शुक्रबार बिहान सिड्नी विमानस्थल आइपुग्ने क्रममा अचानक बेहोस भएकी ठूली कान्छी तामाङको त्यहीँ निधन भएको थियो ।
काठमाडौंको सुकेधारा निवासी तामाङ आफ्ना श्रीमानसँगै अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यअन्तर्गत पर्ने वागा वागामा बस्ने छोरा राजु तामाङलाई भेट्न त्यहाँ पुगेकी थिइन् । प्राप्त जानकारीअनुसार, विमान अवतरण भएलगत्तै विमानस्थलमा उनी अचानक अचेत भएर ढलेकी थिइन् ।
शव नेपाल लैजान गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलिया लगायतको सहयोगमा गो फन्ड मीबाट रकम जुटाएका थिए । गो फन्ड मीमा १५ हजार अस्ट्रेलियन डलरको लागि सहयोग आह्वान भएकोमा ४४४ जनाले १६ हजार २५१ अस्ट्रेलियन डलर डोनेट गरेका थिए ।
(भूलवश तीन वर्ष पुरानो सन्दर्भको समाचार प्रकाशन भएकोमा क्षमा चाहन्छौं : सम्पादक)
प्रतिक्रिया 4