+
+
Shares

पदाधिकारी नभएपछि ‘राष्ट्रिय ललितकला प्रदर्शनी’ स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १३ गते १४:३५

१३ जेठ, काठमाडौं । केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशका कारण पदाधिकारी पदमुक्त भएपछि राष्ट्रिय ललितकता प्रदर्शनी स्थगित भएको छ । नेपाल ललितकता प्रज्ञाप्रतिष्ठानले आज एक सूचना जारी गर्दै राष्ट्रिय ललितकला प्रदर्शनी २०८३ स्थगित गरेको जानकारी दिएको हो ।

प्रतिष्ठानको सूचना अधिकारी सुरेन्द्र गौतमका अनुसार १५ जेठमा राष्ट्रिय ललितकला प्रदर्शनकी सुरु हुने तालिका थियो । तर, अहिले कोही पनि पदाधिकारी नभएकाले प्रदर्शनी स्थगित गर्नुपरेको उनले बताए ।

अब नयाँ पदाधिकारी आउन साथ प्रदर्शनीको नयाँ मिती घोषणा हुने पनि गौतमले जानकारी दिए । यो प्रदर्शनीलाई देशकै ठूलो कला प्रदर्शनी मान्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?