+
+
Shares

कुनै समुदायको कथामा चलचित्र बनाउँदा अनुमति लिनुपर्छ : पद्मा अर्याल

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १३ गते १४:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • "केवल व्यापारिक सफलताको आधारमा होइन, सांस्कृतिक योगदानको आधारमा पनि राज्यले चलचित्रलाई सम्मान गर्नुपर्छ" भन्दै एमाले सांसद पद्मा अर्यालले विधेयक स्पष्ट हुनुपर्ने बताइन् ।
  • ऐतिहासिक र सांस्कृतिक पहिचान बोक्ने चलचित्रलाई राज्यले विशेष अनुदान र कर छूटको व्यवस्था गर्नुपर्ने उनले बताइन् ।
  • कुनै समुदायको कथामा चलचित्र बनाउँदा सोही समुदायसँग अग्रिम अनुमति लिनुपर्ने र चलचित्र विकास बोर्डलाई औपचारिक संस्थामात्र बनाउन नहुने उनले उल्लेख गरिन् ।

काठमाडौं । एमाले सांसद पद्मा अर्यालले चलचित्रलाई व्यापारिक सफलताको आधारमा नभएर सांस्कृतिक योगदानको राज्यले सम्मान गर्नुपर्ने बताएकी छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि धारणा राख्दै उनले यस्तो बताएकी हुन् ।

उनले भनिन्, ‘केवल व्यापारिक सफलताको आधारमा होइन, सांस्कृतिक योगदानको आधारमा पनि राज्यले चलचित्रलाई सम्मान गर्नुपर्छ । यसमा विधेयक स्पष्ट बोल्नुपर्छ ।’

ऐतिहासिकता र सांस्कृतिक पहिचान बोक्ने कथामा बनेका फिल्म मनग्य बनेको र यिनलाई राज्यले विशेष अनुदान र कर छूटको व्यवस्था गर्नुपर्ने उनले बताइन् ।

कुनै समुदायसँग सम्बन्धित कथामा फिल्म बनाउँदा त्यो समुदायसँग अग्रिम अनुमति लिनुपर्ने उनले बताइन् । ‘अन्यथा यसको विवाद निरुपणमा सम्बन्धित निकाय जवाफदेही बन्नुपर्छ’ उनले भनिन् ।

उनले चलचित्र विकास बोर्डलाई औपचारिक संस्थामात्र बनाउन नहुने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?