News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री स्वर्णिम वाग्लेले बुधबार संघीय संसद्मा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गरे।
- विगतमा निलो रङको कभरमा सार्वजनिक हुने आर्थिक सर्वेक्षण यस वर्ष भने नेपाली कागजको हल्का सुनौलो रङमा ल्याइएको छ।
- पूर्वअर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत आवरण पृष्ठको यो परिवर्तन कस्मेटिक मात्रै हुन नहुने टिप्पणी गरेका छन्।
१३ जेठ, काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक सर्वेक्षणको कभर (गाता) को रङ फेरेका छन् ।
सरकारले हरेक वर्षको बजेटअघि सार्वजनिक गर्ने आर्थिक सर्वेक्षण पुस्तिकाको गाता निलो रङमा आउने गरेकोमा यसपालि भने यो नेपाली कागजको रङ (हल्का सुनौलो) मा सुनौलो रङको सिक्का प्रयोग गरिएको छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को दफा १४ को उपदफा २ मा आगामी आर्थिक वर्षका लागि राजस्व र व्ययको अनुमान पेस गर्नुअघि चालु आवको आर्थिक सर्वेक्षण संघीय संसद्मा पेस गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्था अनुरूप अर्थमन्त्री वाग्लेले बुधबार संघीय संसद्मा आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन् ।
आर्थिक सर्वेक्षणमा आर्थिक तथा सामाजिक क्षेत्रका सबै किसिमका तथ्यांक संकलन गरेर राखिन्छ । त्यसका लागि संघीय र प्रादेशिक मन्त्रालय तथा निकाय, संवैधानिक निकाय, नेपाल राष्ट्र बैंक, सार्वजनिक संस्थान, वित्तीय संघसंस्था, अन्तर्राष्ट्रिय संघसंस्था तथा विकास साझेदार लगायतले उत्पादन एवं प्रकाशन गरेका तथ्यांकलाई आधार मान्ने गरिन्छ ।
आर्थिक सर्वेक्षणमा गत आवको पूर्णअवधि र चालु आव फागुनसम्मको प्रारम्भिक तथ्यांकका आधारमा वास्तविक क्षेत्र, सार्वजनिक वित्त, मौद्रिक तथा वित्तीय र वाह्य क्षेत्रका उपलब्धि विश्लेषण गर्ने गरिन्छ ।
‘आवरण पृष्ठबाट परिवर्तन सुरु भयो, तर यो परिवर्तन कस्मेटिक मात्रै नहोस्, शुभकामना,’ पूर्वअर्थमन्त्री रामेश्वर खनालले फेसबुकमा आर्थिक सर्वेक्षणको कभर पृष्ठ राख्दै लेखेका छन् ।
लामो समयदेखि निलो रङको कभरमा आर्थिक सर्वेक्षण आउने गरेकोमा यस वर्ष सुनौलो रङको ल्याएर सांकेतिक रूपमा परिवर्तनको सन्देश दिएको हुन सक्ने अर्थ मन्त्रालयका एक पूर्वसचिवले बताए ।
प्रतिक्रिया 4