+
+
Shares
बजेट-०८३/०८४ :

आगामी वर्ष १ हजार किलोमिटर कालोपत्र, २ सय सडक पुल

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १७:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले आगामी आर्थिक वर्षमा १ हजार किलोमिटर सडक कालोपत्रे र २ सय सडक पुल निर्माण गर्ने घोषणा गरेको छ ।
  • पूर्व–पश्चिम राजमार्ग ५ वर्षभित्र ४ लेनमा विस्तार गर्न सरकारले ३७ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ ।
  • द्रुतमार्गलाई १७ अर्ब ६४ करोड, हुलाकीलाई ४ अर्ब ६५ करोड, कर्णालीलाई १ अर्ब र मध्यपहाडी लोकमार्गलाई २ अर्ब १६ करोड विनियोजन गरिएको छ ।

१५ जेठ, काठमाडौं । सरकारले आगामी आगमा १ हजार किलोमिटर सडक कालोपत्र गर्ने घोषणा गरेको छ ।

सो आवमा २ सय सडक पुल निर्माण गरिने अर्थमन्त्री डां स्वर्णिम वाग्लेले घोषणा गरे ।

उनका अनुसार पूर्व–पश्चिम राजमार्ग चार लेनमा बिस्तार गर्ने काम ५ वर्ष भित्र सम्पन्न गरिने छ । यसैवर्ष नारायणगढ–बुटवल र कमला–कन्चनपुर खण्ड निर्माण सकिने छ ।

अर्को दुई वर्ष भित्र  ८० किलोमिटर निर्माण सकिने उनले बताए । सो राजमार्गका लागि ३७ अर्ब ४६ करोड विनियोजन गरिएको छ ।

दू्तमार्गको ४० पुल र ४ सुरुङ दु्रतमार्गका लागि १७ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । हुलाकी राजमार्गलाई ४ अर्ब ६५करोड विनियोजन गरिएको छ ।

कर्णाली राजमार्गलाई १ अर्ब र मध्यपहाडी लोकमार्गलाई २ अर्ब १६ करोड विनियोजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?