News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले आगामी बजेटमार्फत राष्ट्रसेवक कर्मचारीको शुरू स्केलमा १० प्रतिशत तलब वृद्धि गर्ने घोषणा गरेको छ ।
- कर्मचारीले खाइपाइ आएको ५ हजार रुपैयाँ महँगी भत्ता निरन्तर पाउनेछन् भने थप १० प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ ।
- नयाँ व्यवस्था लागू भएपछि कार्यालय सहयोगीको तलब ४० हजार र मुख्यसचिवको तलब करिब १ लाख रुपैयाँ पुग्ने उनले बताए ।
१५ जेठ, काठमाडौं । सरकारले निजामती र सार्वजनिक सेवामा रहेकाहरुको तलब बढाएको छ । बजेट बक्तव्यमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारीहरुको तलब १० ले घोषणा गरेका हुन् ।
अर्थमन्त्री वाग्लेले बजेट भाषणमा भने ‘पछिल्लो चार वर्षदेखि राष्ट्रसेवक कर्मचारीहरुको तलब वृद्धि नभएको र मूल्यवृद्धि १७ दशमलब ३ प्रतिशत रहेकाले मर्यादित जीवनयापत्रका लागि पारिश्रमिक पुनरावलोकन गर्नुपर्ने महशुस गरेको छु ।’
उनका अनुसार, कर्मचारीहरुले अहिले पाएको पाँच हजार रुपैंयाको महंगी भत्ता निरन्तर पाउनेछन् । त्यसबाहेक शुरु स्केलमा १० प्रतिशत तलब बढाएका छन् । उनले भने, ‘कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रणालीको शुरुवात गर्न नयाँ तलबमानको मासिक १० प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु ।’
उनले ती दुई व्यवस्थाबाट करिव २१ प्रतिशत तलब बढ्ने बताए । उनका अनुसार, नयाँ व्यवस्थापछि कार्यालय सहायोगी स्तरका कर्मचारीको तलब ४० हजार हुनेछ भने मुख्यसचिवको तलब एक लाख हाराहारीमा हुनेछ ।
प्रतिक्रिया 4